Comments Add Comment

यी तीन कम्पनीको यस्तो आयो लाभांश

८ असोज, काठमाडौं । २ विकास बैंक र एक लघुवित्त कम्पनीले आइतवार लाभांश प्रस्ताव सार्वजनिक गरेका छन् ।
कैलाश बिकास बैंकको असोज ६ गते बसेको सञ्चालक समितिको बैठकले १० प्रतिशत बोनस र ९.५० प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ । बोनस सेयर दिएपछि कम्पनीको पूँजी २ अर्ब ५२ करोड बराबर पुग्ने छ । कम्पनीको हाल चुक्ता पूँजी २ अर्ब २९ करोड रुपैयाँ रहेको छ ।

त्यस्तै, आरएसडीसि लघुवित्त वित्तीय संस्थाको पनि असोज ७ गते बसेको सञ्चालक समितिको बैठकले पनि १७ प्रतिशत बोनस र कर प्रयोजनबाट नगद लाभांश प्रस्ताव गरेको छ । कम्पनीले बोनस दिएपछि चुक्ता पूँजी १३ करोड रुपैयाँ बराबर पुग्ने छ । हाल कम्पनीको चुक्ता पूँजी ११ करोड रहेको छ ।

सप्तकोशी डेभलपमेन्ट बैंकले पनि ११ प्रतिशत बोनस र कर प्रयोजनबाट नगद लाभांश प्रस्ताव गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment