Comments Add Comment

‘चर्खा’मा जुनुसँग दीलिपको छमछमी


चलचित्र ‘चर्खा’मा समावेश ‘घन घन मादल घन्कियो’ बोलको गीतको भिडियो रिलिज गरिएको छ । यो गीतमा अरुण प्रदेशको ठेट मारुनी शैलीलाइ उतारिएको छ । मकवानपुरको विभिन्न रमणिय स्थानमा खिचिएको यो गीतको भिडियोलाइ दिव्य सुवेदीले छायांकन गरेका हुन् भने कविराज गहतराजले कोरियोग्राफी गरेका हुन् ।

विकास चौधरीको संगीत रहेको यो गीतमा गोविन्द गौतमको शब्द छ । गीतमा रामचन्द्र काफ्ले र जुनु रिजालले स्वर भरेका छन् । यो गीतको भिडियोमा नायक दीलिप रायमाझी र गायिका जुनु रिजाललाइ फिचरिङ गरिएको छ ।

यो चलचित्रमा निर्जन थापा, सुरविना कार्की, रजनी केसी, जुनु रिजाल, दीलिप रायमाझी लगायतका कलाकारको अभिनय छ । संजिता फिल्मस्को पहिलो प्रस्तुतीको रुपमा निर्माण भएको यो चलचित्रलाइ गोविन्द गौतमले निर्देशन गरेका हुन् ।

यो चलचित्रको मार्फत हेटौडाका यूवा व्यवसायीहरु सुनिल अधिकारी, धर्मराज बर्तौला, गणेश भेटवाल, बालकृष्ण खड्का, रुपेश केसी लगानीकर्ताको रुपमा चलचित्र क्षेत्रमा प्रवेश गरेका छन् । सहदेव गौतम यो चलचित्रका प्रस्तुतकर्ता हुन् । यो चलचित्रको प्रदर्शन मिति भने तय गरिएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment