Comments Add Comment

रेखा र आर्यनको रोमान्टिक अवतार, ‘रुद्रप्रिया’ गीतमा कस्तो देखियो जोडी ?

कात्तिक २ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘रुद्रप्रिया’मा समावेश एक रोमान्टिक गीत सार्वजनिक भएको छ । ‘तिमी बाहेक अरु’ बोलको गीतमा अर्जुन पोख्रेलको संगीत, सनुप पौडेल र अन्जु पन्तको स्वर, अम्बिका शर्माको शब्द छ ।

प्रविण सिंहले कोरियोग्राफी गरेको यो गीतमा चलचित्रका मुख्य कलाकार आर्यन सिग्देल र नायिका रेखा थापाको प्रेम देखाइएको छ । चलचित्रमा आर्यन र रेखाको अलवा राजन इशानको पनि मुख्य भूमिका छ ।

सुदिप बबी भूपाल सिंहको निर्देशनमा तयार भएको यो चलचित्रका कार्यकारी निर्माता रमेश एमके पौडेल हुन् । चलचित्रको एक गीत र ट्रेलर यस अगाडि नै सार्वजनिक भैसकेको छ । ८ बर्षपछि आर्यन र रेखा चलचित्रको पर्दामा रोमान्टिक अवतारमा देखिएका छन् । यसैले पनि यो गीत दर्शकका लागि विशेष हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment