Comments Add Comment

अब अन्तरीक्षमै अन्तिम संस्कार, ५४ जना मान्छेको शव पठाइँदै

रुसको एक कम्पनी KiroRus ले मृतक मानिस तथा जनावरको शवलाई अन्तरीक्षमा पठाउने तयारी गरिरहेको छ ।

कम्पनीका अनुसार २ सयभन्दा बढि मानिसहरुले यो अनौठो अन्तिम संस्कार सेवाका लागि बुकिंग गराइसकेका छन् ।

सन् २००५ देखि अहिलेसम्म उसले ५४ जना मानिस तथा २१ वटा जनावरको शवलाई क्रायोजेनिक प्रविधिबाट पि|mज गरिरहेको छ, र अब चाहीँ ती शवलाई अन्तरीक्षणमा प्रक्षेपण गरिनेछ ।

अन्तरीक्षमा अन्तिम संस्कार गराउनका लागि २ लाख ५० हजार अमेरिकी डलर शुल्क तिर्नुपर्नेछ । जो मानिसले बुकिंग गराएका छन् उनीहरुलाई एक ब्याण्ड दिइएको छ, जो उनीहरुले सधै जिउमा बाँध्नेछन् । जब मानिसको मृत्यु हुन्छ तब कम्पनीले थाहा पाइहाल्छ । तत्कालै कम्पनीले उक्त शव ल्याउँछ र क्रायोजेनिक प्रविधिबाट फ्रिज गर्दछ ।

Space Technoligies कम्पनीसँगको सहकार्यमा यो परियोजना सुरु भएको हो । कम्पनीका अनुसार अन्तरीक्षणमा पठाउनु अघि शवलाई विशेष खालको बाकसमा राखिनेछ ।

अब कम्पनीले छिटै एक रुसी रकेटको मद्दतले आफ्नो स्याटेलाइट लञ्च गर्नेछ ।

वास्तवमा लासको अन्तिम संस्कारका लागि पृथ्वीमा ठाउँको अभाव भैरहेको तथा शानसँग मर्ने चाहना राख्ने धनाढ्यहरुका लागि अन्तरीक्षमा अन्तिम संस्कार गर्ने यो आइडिया वास्तवमै गज्जब छ ।

एजेन्सी

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment