Comments Add Comment

चीनले गर्‍यो अर्को चमत्कार, यसरी सिँगै सारियो १३५ वर्ष पूरानो मन्दिर (भिडियो सहित)

चीनको शांघाइ सहरस्थित १ सय ३५ वर्ष पूरानो एक बौद्ध मन्दिरलाई ३० मिटर पर सारिएको छ । २ हजार टन तौल रहेको यो ऐतिहासिक मन्दिरमा विशेष प्रविधि प्रयोग गरेपछि यो मन्दिर आफै ३० मिटर पर सरेको हो ।

शांघाइको जेड बुद्ध मन्दिरको महाविर हल सन् १८८२ मा निर्माण भएको थियो । २ हजार टन वजनको यो मन्दिर यसअघि त्यहाँस्थित एउटा अर्को ठूलो हलभन्दा केवल १५ मिटर मात्र टाढा थियो ।

मन्दिरको मुख्य हलमा पर्यटकको भीड बढी हुनाका कारणले गर्दा त्यो मन्दिरलाई उत्तरतर्फ ३० मिटर पर सारिएको छ । पर सार्नेमात्र होइन मन्दिरलाई पहिलेको भन्दा जमिनबाट डेढ मिटर माथि उठाइएको छ ।

यो मन्दिरलाई सिंगै सार्ने काम गत सेप्टेम्बर २ मा सुरु भएको थियो । निकै छोटो समयमै गत आइतबार यो काम पूरा भयो ।

मन्दिर सारेसँग मन्दिरको बाहिर रहेका बौद्ध मन्दिरहरुलाई पनि निकालेर मन्दिर भाठौँ नै लगिएको छ ।
यो मन्दिरमा दैनिक लाखभन्दा धेरै पर्यटक आउने गर्दछन् ।

आखिर कसरी ३० मिटर पर सारियो यो मन्दिर, हेर्नुस् भिडियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment