Comments Add Comment

नौगाढ गाउँपालिका कार्यालयमा एक हप्तादेखि ताला

८ असोज, दार्चुला । दार्चुलाको नौगाड गाउँपालिका कार्यालयमा तालाबन्दी गरिएको एक हप्तासम्म खुल्न सकेको छैन । गाउँपालिकाको केन्द्र सार्ने निर्णयविरुद्ध कार्यालयमा वडा नम्बर ६ का वडाध्यक्षसहित तीन शीर्ष दलका प्रतिनिधिहरुले तालाबन्दी गरेका हुन् ।

नौगाढ गाउँपालिका वडा नम्बर ६ बाट निर्वाचित अध्यक्ष गोरे धामी, नेपाली कांग्रेस, नेकपा एमाले तथा नेकपा माओवादी केन्द्रका प्रतिनिधिहरुले असोज २ गतेदेखि तालाबन्दी गरेका हुन् ।

स्थानीय तह केन्द्र निर्धाण गर्ने बेला राज्य पुनःसंरचना आयोगले गाउँपालिकाको केन्द्र सौकेबगर जामिर निर्धारण गरेको र अहिले गाउँसभालेे बहुमतका आधारमा गाउँपालिकाको केन्द्र शौकेबगर र जामिरको बीचमा सार्ने निर्णयको गरेको थियो ।

उक्त निर्णयको विरोधमा वडा नम्बर ६ का प्रतिनिधिसहित तीन शीर्ष दलले कार्यालयमा तालाबन्दी गरेको हप्तादिन पुग्दापनि ताला नखुलेको कार्यकारी अधिकृत मोहनसिंह धामीले जानकारी दिए ।

साथै वडा नम्बर ६ का वडाध्यक्ष सहित तीन शीर्षदलका प्रतिनिधिहरुद्धारा हस्ताक्षरित विज्ञप्तीमा गाउँपालिकाको केन्द्र सार्ने निर्णय नसच्याइए संघर्ष र आन्दोलन गर्ने चेतावनी दिइएको छ ।

उता गाउँपालिका अध्यक्ष प्रेमसिंह धामीले भने गाउँपालिका कार्यालयमा तालाबन्दी गर्नेबेला जनप्रतिनिधिहरुले कुनै सल्लाह समेत नगरी कर्तव्य र मर्यादा विपरीत कार्य गरेको बताए । जनताहरुलाई सहज सेवा सुविधा प्रदान गर्नुपर्ने बेला तालबन्दी, आन्दोलन जस्ता असमाजिक कार्य गर्नुको कुनै औचित्य नहुने गाउँपालिका अध्यक्ष धामीको भनाई छ ।

गाउँ सभाले जनाताका चाहाना र आकांक्षा विपरीत कुनै पनि निर्णय नगरेको भन्दै जनप्रतिनिधिले नै कार्यालयमा ताला लगाउनु नैतिकताले नसुहाउने बताए । समस्याको समाधान ताला लगाएर नहुने र वार्ता र छलफलको माध्यमबाट हुने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment