Comments Add Comment

उत्सव एक्स्प्रेस योजनाको दोस्रो साताको विजेता को-को भए ?


८ आश्विन, काठमाडौं । सिटी एक्स्प्रेस मनी ट्रान्सफर उत्सव एक्स्प्रेस योजनाको दोस्रो साताको बिजेताहरु घोषणा गरेको छ ।
कम्पनीले इलेक्ट्रोनिक लक्की ड्र मार्फत चाँदीका सिक्का तथा ओप्पो फोन विजेताको घोषणा गरेको हो ।

चाँदीको सिक्का विजेताका रुपमा प्रेमबहादुर आले मगर्, ललिता राई, लोकराज शर्मा, रामप्रीत केवत्, शोभा थापा मगर्, अनुजा भट्टराई, समझना ढकाल, सुनिता महर्जन छनोट भएका छन् । त्यसैगरी, ओप्पो फोन विजेताका रुपमा चिराकुमारी शर्मा छनोट भएकी छिन् ।

लामो समयदेखि मनी ट्रान्सफर सम्बन्धि सेवा उपलब्ध गराइरहेको सिटी एक्स्प्रेसले समस्त नेपालीको महान चाड दशैं तिहार र छठलाईर्र् लक्षित गर्दै आफ्नो उपहार योजना सञ्चालन गरेकोे छ । कम्पनीले यस पटक आफ्ना उपभोक्ताहरुका लागि ९० दिन सम्म चल्ने उपहार योजना सार्वजनिक गरेको हो ।

सिटी एक्स्प्रेसका अनुसार उपहार योजना अन्तर्गत उपभोक्ताहरुले दैनिक एक तोला चाँदीका सिक्काहरु, क्याप, टी सर्ट र किरिङ उपहार जित्न सक्छन् । त्यसैगरी साप्ताहिक रुपमा एक जना भाग्यशाली विजेताले ओप्पो मोबाइल र हरेक महिना एक जनालाई एलजी रेपि|mजिरेटर उपहार प्रदान गरिने छ ।

उपहार योजनाको अन्त्यमा एक जना भाग्यशाली विजेताले बम्पर उपहारका रुपमा रेनौल्टकोे क्विड आरएक्सएल कार जित्न सक्नेछन् । कम्पनीका अनुसार दैनिक, साप्ताहिक तथा मासिक विजेताहरु समेत बम्पर उपहारका लागि छनोट हुने जानकारी दिएको छ ।

उपहार योजनामा राष्ट्रिय तथा अन्तराष्ट्रिय कारोवार गर्ने दूबै वर्गका ग्राहक संलग्न हुन सक्ने कम्पनीले जानकारी दिएको छ । थप जानकारीको लागि सिटी एक्स्प्रेस मनी ट्रान्स्फर फेसबुक पेजमा बुझ्न सकिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment