Comments Add Comment

फोटोमा हेर्नुस् दशैंमा काठमाडौं छाड्नेको लर्को

८ असोज, काठमाडौं । दशैंको किनमेल गर्ने र घर फर्किनेहरुको चहलपहल ह्वात्तै बढेको छ । काठमाडौं उपत्यकाबाट दैनिक एक लाख मानिसहरु आफ्नो घर फर्किरहेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

नागढुंगा, जगाती, फर्पिङ र नागार्जुन नाकाबाट यात्रुहरु काठमाडौं उपत्यकाबाट बाहिरिने गर्दछन् ।

यातायात व्यवस्था विभागले यो वर्ष दशैं मान्न २० देखि २१ लाख यात्रु काठमाडौं उपत्यकाबाट बाहिरिने अनुमान गरेको छ । विभागका प्रवक्ता डा. टोकराज पाण्डेले १५ देखि १६ लाख यात्रु सार्वजनिक गाडी चढेर र पाँच/छ लाख यात्रु निजी सवारी साधन चढेर दशैं मान्न काठमाडौंबाट आफ्नो घर जाने अनुमान रहेको बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment