Comments Add Comment

आरतीको आशा


यूरोपबाट अध्ययन गरेर आएकी आरती थापाको आशा एउटा राम्रो व्यवसायी मात्र बन्ने छैन । उनी, एउटा राम्रो नायिका पनि बन्न चाहन्छिन् । नेपाल फर्किएको ३ महिनामा नै ५ वटा म्यूजिक भिडियोमा काम गरिसकेकी यी सुन्दरी स्टार बन्ने सोचमा छिन् ।

अभिनय, आत्मविश्वासका साथमा सुन्दरताले पनि एउटा नायिकालाइ पूर्ण बनाउने उनको वुझाइ छ । अनलाइनखबरका लागि तस्बिर खिचाउने क्रममा आरतीले चलचित्र क्षेत्र नै आफ्नो आशा भएको बताइन् । लभस्टोरी चलचित्रमा काम गर्न रुचाउने आरतीलाइ प्रदिप खड्का, पल शाह, पुष्पल खड्का, निराजन प्रधान जस्ता कलाकारसँग पर्दा शेयर गर्न मन छ ।

आरतीको यो आशा कहिले पुरा होला, यो त समयले नै बताउँनेछ । तर, यी मोडल स्टार बन्ने सोचका साथ अगाडि बढिरहेकी छिन् ।

तस्बिरः श्रीधर पौडेल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment