Comments Add Comment

ताप्लेजुङमा तीन वर्षमा ७५० मुद्दा फर्छ्यौट


८ असोज, ताप्लेजुङ । जिल्ला अदालत ताप्लेजुङले करिव तीन वर्षको अवधिमा ७ सय ५० मुद्दा फर्छ्यौट गरेको छ । जिल्ला न्यायाधीश अशोक कुमार बस्नेतका अनुसार तीन आर्थिक वर्षमा ९ सय १२ वटा मुद्दा दर्ता भएकामा ७ सय ५० वटाको फर्छ्यौट भएको हो ।

आर्थिक वर्ष ०७२/७३ मा ४ सय १४, ०७३/७४ मा ३ सय ११ र ०७४/७५ मा २५ वटा मुद्दा फर्छ्यौट भएका छन् । ०७२/७३ मा ५ सय ७२, ०७३/७४ मा ३ सय २ र ०७४/७५ मा ३८ वटा मुद्दा दर्ता भएका थिए ।

सो विवरणलाई आधार मान्ने हो भने ०७२/७३ मा ७५.५५, ०७३/७४ मा ८२.४२ र ०७४/७५ मा ३३.३३ प्रतिशत मुद्दा फर्छ्यौट भएका छन् । यस्तै तीन वर्षको अवधिमा ५६ लाख ५४ हजार ५४ रुपैयाँ ८६ पैसा दण्ड जरीवाना असुली समेत भएको न्यायाधीश बस्नेतले जानकारी दिए ।

जसमा सबैभन्दा बढी ०७३/७४ मा २९ लाख ९ हजार ४ सय २६ रुपैयाँ ७४ पैसा जरिवाना असुली भएको छ । त्यसपछि ०७२/७३ मा २५ लाख ८३ हजार २ सय ६८ रुपैयाँ १३ पैसा र ०७४/७५ मा १ लाख ६१ हजार ३ सय ६० रुपैयाँ जरीवाना असुली भएको जिल्ला अदालत ताप्लेजुङले जानकारी दिएको छ ।

जिल्ला न्यायाधीश बस्नेतले आइतबार सञ्चारकर्मी सामु जिल्ला अदालतमा आफ्नो कार्यकालमा भएका गतिविधि सार्वजनिक गरेका हुन् । उनको काठमाडौंमा सरुवा भएको छ ।

न्यायाधीश बस्नेतका अनुसार उनको २ वर्ष २ महिनाके कार्यकालमा मेलमिलापका लागि ८८ वटा मुद्दा मेलमिलाप केन्द्रमा पठाइएको थियो । तिमध्ये १९ वटा मेलमिलाप भएको, ६४ वटा फिर्ता र ५ वटा अझै केन्द्रमा नै मेलमिलापको प्रयासमा रहेको उनले जानकारी दिए । उनले आफ्नो कार्यकालमा नयाँ भवनको उदघाटन गर्दै कार्यालयलाई व्यवस्थापन र प्रविधि मैत्री बनाउन जोड दिएको समेत बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment