Comments Add Comment

‘दसैं मनाऔं यामाहासँग’ अभियान

८ असोज, काठमाडौं । नेपालका लागि यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले नेपालीहरुको महान चाड दसैंको अवसरमा आफ्ना ग्राहकहरुलाई लक्षित गरेर ‘दसैं मनाऔं यामाहासँग’ नामको अभियान सुरु गरेको छ । यो अभियानअन्तर्गत यामाहाले दसैं एक्सचेन्ज मेला, ‘न्युनतम मूल्यांकन रु २५०००’ र ‘क्यास-इन-ओ’ संचालन गरिरहेको छ ।

एमएडब्लुले ८, ९ र १० असोजमा भक्तपुर, चाहविल, नैकाप, टेकु, मिर्चैया, तमघास र प्युठानमा दसैं एक्सचेन्जको आयोजना गर्नेछ । त्यसैगरी, ९ र १० असोजमा धनुषामा र ९, १० र ११ मा जनकपुरमा विशाल एक्सचेन्ज क्याम्पको आयोजना हुँदैछ । एक्सचेन्ज क्याम्पमा ग्राहकहरुले जुनसुकै ब्रान्डका पुराना मोटरसाइकल तथा स्कुटरको अधिकतम मूल्य पाउनुका साथै यामाहाका नयाँ बाइकको खरिदमा ‘स्पट फाइनान्सिङ’को व्यवस्था पनि हुनेछ ।

साथै, एमएडब्लुले असोज १ गतेदेखि ११ गते स्थानमा न्युनतम रु २५००० योजना संचालन गरिरहेको छ । यो योजनाअन्तर्गत कुनै पनि ब्रान्डको जस्तोसुकै अवस्थामा रहेको पुरानो मोटरसाइकल र स्कुटरको न्युनतम रु २५ हजार मूल्यांकन पाइनेछ ।

यसका लागि ग्राहकले आफ्नो पुरानो मोटरसाइकलको बिलबुक उपलब्ध गराउनुपर्नेछ । त्रिपुरेश्वर, कुमारीपाटी, कान्तिपथ, चाहबिल, महाराजगन्ज, भक्तपुर, गठ्ठाघर, नयाँबजार, टेकु, बालाजु, कोटेश्वर, रातोपुल, सतुंगल, बनेपा, बिर्डामोड, दमक, पठारी, विराटचोक, धरान, इलाम, इटहरी, विराटनगर, हेटौंडा, पर्सा, नारायणघाट, कावासोटी, पोखरा, दमौली, बुटवल, भैरहवा, नेपालगञ्ज, धनगगढी, महेन्द्रनगर र टिकापुर गरी यामाहाका ३४ सोरुममा यो योजना संचालन भइरहेको छ ।

यामाहाले आफ्नो दसैं अफर ‘क्यास-इन-ओ’लाई पनि जारी राखेको छ । ‘क्यास-इन-ओ’ अर्थात् ‘क्यास इन्स्ट्यान्ट अफर’ नाम रहेको यो योजनामा यामाहा मोटरसाइकल वा स्कुटरको खरिदमा ग्राहकले तुरुन्तै सात हजार रुपैयाँ नगद छुट पाउनेछन् । साथै, यामाहाका ग्राहकले साप्ताहिक रुपमा हुने लक्की ड्रमा एक लाख रुपैयाँ पुरस्कार जित्न सक्नेछन् ।

यो लक्की ड्रको प्रत्यक्ष प्रसारण हिमालय टेलिभिजनको ‘द इभिनिङ सो एट सिक्स’ र यामाहा नेपालको फेसबुक पेजमा हरेक सोमबार प्रत्यक्ष प्रसारण हुनेछ । यसका अलावा, यामाहाका ग्राहकले बम्पर पुरस्कारका रुपमा युरोपमै चर्चित कार स्कोडा र्‍यापिड जित्न सक्नेछन् ।

यामाहाले नेपाली बजारको माग र आवश्यकतालाई सम्बोधन गरी विभिन्न भेरियेन्टका बाइक र स्कुटर विक्री गर्दै आएको छ । स्कुटरमा यामाहाको फेसिनो, रे जेडआर (डिस्क/ड्रम बैंक) र रेजी गरी तीन मोडेल छन् भने बाइकमा एफजी २५ ‘स्टि्रटफाइटर’, एफजेड-एस एफआई, एफजेड एफआई, आर १५, फेसिनो, रे जेडआर, रेजी, एसजीआरआर, स्यालुटो र प्राविधिक रुपमा उच्च स्तरीय आर३ उपलब्ध छन् ।

यामाहाले भर्खरै नेपाली बजारमा एफजी२५ सार्वजनिक गरेको थियो । अत्याधुनिक फ्युल इन्जेक्सन प्रविधि रहेको एफजी२५मा एयर कुल्ड विथ आयल कुलर, ४ स्ट्रोक, एसओएचसी, २ भल्भ, सिंगल सिलिन्डर भएको २४९ सीसीको शक्तिशाली इन्जिन रहेको छ ।

त्यसैगरी, यामाहाले भर्खरै आफ्नो सुपरमोडल स्कुटर फेसिनोलाई थप परिमार्जन गरेर बजारमा ल्याएको छ । फेसिनो अब ब्लेन्डिङ ब्लु, फ्युसन रेड, युनाइट ह्वाइट र मिङ्गलिङ स्यान गरी चार आकर्षक ड्युल टोन कलरमा उपलब्ध भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment