Comments Add Comment

नेपाल लाइफलाई ‘बेष्ट म्यानेज्ड लाइफ इन्स्योरेन्स’ अवार्ड


८ असोज, काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले लगातार चौंथो पटक बेष्ट म्यानेज्ड लाइफ इन्स्योरेन्स कम्पनी बेस्ट म्यानेज्ड लाइफ इन्स्योरेन्स कम्पनी अवार्डबाट पुरष्कृत भएको छ ।

न्यू बिजिनेस एज प्रालिको आयोजनामा सम्पन्न “न्यूबिज बिजनेश कन्क्लेभ तथा अवार्ड २०१७” को अवसरमा यस कम्पनीलाई उक्त पदकबाट सम्मानित गरिएको हो ।

कम्पनीले गत आव ०७३/०७४ को अवधिमा वैदेशिक रोजगार व्यवसाय समेत गरि प्रथम बर्ष बीमा शुल्क आम्दानी करिब ४२१ करोड भन्दा बढी हासिल गरेको तथा कुल बीमा शुल्क आम्दानी करिब रु.१२.२२ अर्ब हासिल गरेको छ ।

कम्पनीले समग्र जीवन बीमा क्षेत्रमा सर्वाधिक बजारहिस्सा ओगटी एक अग्रणी कम्पनीको रुपमा उभ्याउन सफल भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment