Comments Add Comment

दोलखामा बन्ने ४८. ८ मेगावाटको खिम्ती-२ का लागि लगानी जुट्यो

८ असोज, काठमाडाैं । पिपुल्स इनर्जी लिमिटेडले निर्माण गर्न लागेको ४८. ८० मेगावाटको खिम्ती-२ आयोजना निर्माणका लागि लगानी जुटेको छ ।

राजधानीको होटल हिमालयमा आइतबार आयोजित कार्यक्रममा वित्तीय व्यवस्थापन सम्झौतामा हस्ताक्षर भएपछि आयोजना निर्माणका लागि लगानी जुटेको हो ।

नदीको बहाव (रन अफ रिभर) मा आधारित आयोजनाको मुख्य निर्माणस्थल दोलखाको जिरी नगरपालिका र रामेछापको रसनालुमा रहेको छ ।

जलविद्युत आयोजना निर्माणका लागि सानिमा बैंकको नेतृत्वमा सिद्धार्थ बैंक लिमिटेड, नबील बैंक लिमिटेड, जनता बैंक लिमिटेड, एनआईसी एसिया बैंक लिमिटेड, एनएमबी बैंक लिमिटेड, बैंक अफ काठमाण्डु, सिभिल बैंक लिमिटेड, ग्लोबल आईएमई बैंक लिमिटेड र एनसीसी बैंक लिमिटेडले लगानी गर्ने भएका छन् ।

कार्यक्रममा सम्झौताका प्रतिहरु पिपुल्स इनर्जी लिमिटेडका अध्यक्ष कृष्णप्रसाद आचार्य र बैंकहरुको नेतृत्व गरेको सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत (सिईओ) भुवन दाहालले साटासाट गरे ।

आचार्यले आफू र आफ्नो टिमलाई विश्वास गरेर लगानी गर्ने बैंक तथा शेयर धनी, आयोजनाको सुरुआती चरणदेखि हालससम्म सहयोग र हौसला प्रदान गरेको भन्दै राजनीतिक दल, आयोजना निर्माण स्थलका जनता, उर्जा मन्त्रालय तथा नेपाल विद्युत प्राधिकरणका अधिकारीहरुलाई धन्यवाद दिए । उनले तोकिएकै मितिमा आगामी २०७८ असार मसान्तसम्ममा बत्ती बालेर देखाउने प्रतिबद्धता जनाए ।

‘हामीमाथि गरिएको विश्वास खेर जान दिँदैनौं, २०७८ असार मसान्तसम्म आयोजना सकेर बत्ती बाल्छौं’, आचार्यले भने । सानिमा बैंकका सिईओ दाहालले खिम्ती-२ निजी क्षेत्रको लगानीमा निर्माण हुन लागेको मुलुककै ठूला १० आयोजनामध्येको भएको जानकारी दिए । आयोजनाको विद्युत खरिद सम्झौता (पीपीए) मा दुई वर्षअघि २०७४ साल असोज १४ गते हस्ताक्षर भइसकेको पिपुल्स इनर्जी लिमिटेडका कार्यकारी अध्यक्ष कृष्णप्रसाद आचार्यले जानकारी दिए ।

आचार्यले आयोजना निर्माणका लागि टेण्डर प्रक्रियामार्फत ठेकेदार नियुक्ति भइसकेको बताए । उनका अनुसार आयोजनको हाइड्रोलिक अध्ययन, विस्तृत सर्वेक्षण, भौगर्भिक अध्ययन सम्पन्न हुनुका साथै आयोजनाका लागि आवश्यक गग्गा खरिद भइसकेको उल्लेख गरे ।

यस्तै आयोजनाको विद्युत गृहसम्म पुग्नो मोटर बाटो निर्माण अन्तिम चरणमा पुगेको र खिम्ति खोलामाथि पुल निर्माण कार्य जारी रहको आचार्यले बताए । आयोजनाको निर्माण आगामी २०७८ असार मसान्तमा सम्पन्न गर्ने लक्ष्य निर्माण पक्षको छ । आयोजना निर्माणको कुल अनुमानित लागत ८ अर्ब ६५ करोड रुपैयाँ छ । यसबाहेक उक्त कम्पनीले पर्वतमा रहेको १० मेगावाटको युनाइटेड मोदी-२ आयोजनामा समेत लगानी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment