Comments Add Comment

पत्रपत्रिकाका फ्रन्टपेजः स्थानीय तहमा एमाले पहिलोदेखि उम्मेदवार खोज्दै दलहरुसम्म

९ असोज, काठमाडौं । राजधानीबाट आज प्रकाशित राष्ट्रिय दैनिक पत्रिकाहरुले विविध विषयहरुलाई महत्त्व दिएर छापेका छन् ।

स्थानीय तहमा संसद्को दोस्रो ठूलो दल नेकपा एमाले पहिलो बनेको छ । २ नम्बर प्रदेशको अधिकांश स्थानीय तहको परिणाम सार्वजनिक भएसँगै पत्रपत्रिकाहरुले स्थानीय चुनावमा दलहरुले हासिल गरेको स्थानबारे लेखेका छन् ।

चिकित्सकहरुले देशभरका ओपीडी सेवा बन्द गरेपछि उपचारमा कठिनाइ भएको छ । यो विषयलाई  पनि आजका अधिकांश दैनिक पत्रिकाहरुले समेटेका छन् ।

स्थानीय तह निर्वाचन सकिएलगत्तै दलहरु प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको उम्मेदवार छनोटमा जुटेको विषयलाई पनि पत्रपत्रिकाहरुले स्थान दिएका छन् ।

झुक्याएर सुविधा लिने सांसद्को दाउ असफल भएको, बोक्सी आरोपमा अधिकारकर्मी नै कुटिएको, पूर्वमन्त्री वडासदस्यमा निर्वाचित  बनेकोलगायतका खबरलाई आजका पत्रपत्रिकाहरुले पहिलो पृष्ठमा समेटेका छन् ।

संयुक्त राष्ट्रसंघका महासचिव एनोनियो गुटेर्रेसलाई प्रधानमन्त्री शेरबहादुर देउवाले भेटेको विषयलाई मुख्य खबर बनाएको गोरखापत्र दैनिकले निजामतिको पदपूर्ति नरोकिने, प्रदेश २ को मतगणना अन्तिम चरणमा पुगेको लगायत खबर छापेको छ । पूर्वसांसद्को सेवा तय गर्न छुट्टै कानुनलाई गोरखापत्रले एंकर बनाएको छ ।

झुक्याएर सुविधा लिने सांसद्को दाउ असफललाई अन्नपूर्ण पोस्ट दैनिकले आज मुख्य समाचार बनाएको छ । प्रदेश २ मा भएको स्थानीय तह निर्वाचनमा संविधान पक्षधरकै जित भएको समाचारलाई पनि अन्नपूर्णले छापेको छ ।

समायोजन नचाहे गोल्डेन ह्यान्डसेकलाई मुख्य खबर बनाएर कान्तिपुरले लेखेको छ भने नागरिक दैनिकले स्थानीय तहमा एमाले पहिलो भएको लेखेको छ । साझा अध्यक्ष बर्खास्त, देशभरका ओपीडी सेवा बन्दलगायतका खबर नागरिकको पहिलो पृष्ठमा आज पढ्न सकिन्छ ।

नयाँ पत्रिका दैनिकले बोक्सी आरोपमा अधिकारकर्मी नै कुटिएको लेखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment