Comments Add Comment

प्रतिनिधि र प्रदेश सभा चुनावमा कांग्रेस पहिलो हुन्छः नेता सिंह

९ असोज, धादिङ। नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रतिनिधिसभा र प्रादेशिक चुनावमा कांग्रेस पहिलो पार्टी बन्ने दाबी गरेका छन् । उनले कांग्रेसका उम्मेदवारहरुलाई जिताउने अभियानमा सक्रिय हुन कार्यकर्ताहरुलाई निर्देशन पनि दिए ।

कांग्रेस जिल्ला कार्य समिति धादिङले दशैं, तिहार र छठ पर्वको अवसरमा सोमबार धादिङवेसीमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै नेता सिंहले स्थानीय तह चुनावमा कांग्रेसको आन्तरिक समस्याले पहिलो पार्टी बन्न नसकेको तर अबको चुनावमा पहिलो बन्ने दाबी गरे ।

उनले पार्टी प्रजातान्त्रिक मूल्य मान्यता र विधिसम्मत तरिकाले चल्न नसक्दाको असर स्थानीय चुनावमा परेको बताए । ‘नेपाली कांग्रेस भित्रको गुटबन्दीले नै स्थानिय तहको निर्वाचनमा पहिलो पार्टी बन्न सकेन, कमजोरी आफ्नै पार्टी भित्र भएकाले हार बेहोर्नु पर्‍यो,’ नेता सिंहले भने, ‘अबको चुनावमा कांग्रेस पहिलो हुन्छ ।’

कांग्रेसका पूर्वमहामन्त्री समेत रहेका सिंहले आसन्न प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा सबै क्षेत्रमा कांग्रेसलाई जिताउने गरी लाग्न कार्यकर्ताहरुलाई निर्देशन दिए । सम्वृद्धि र विकास आगामी चुनावका एजेण्डा बन्नुपर्ने नेता सिंहले बताए ।

कार्यक्रममा कानुन राज्यमन्त्री दिलमान पाख्रीन, नेपाली कांगे्रस धादिङका पूर्वसांसद रामनाथ अधिकारी, निलकण्ठ नगरपालिकाका मेयर भिमप्रसाद ढुंगाना, नेपाली कांग्रेस धादिङ जिल्ला सभापति रमेश धमलालगायतको सहभागीता थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment