Comments Add Comment

झापामा क्रान्तिकारी नेताहरु सम्मानित

१० असोज,दमक। अखिल क्रान्तिकारीको एकताको २१ औं राष्ट्रिय सम्मेनबाट अध्यक्षमा निर्वाचित भएका रञ्जित तामाङ, उपाध्यक्ष सुरेन्द्र बस्नेत लगायतका झापाली विद्यार्थी नेताहरु सम्मानित भएका छन्।

तामाङ क्रान्तिकारीको इतिहासमा पहिलोपटक प्रत्यक्ष चुनावबाट निर्वाचित अध्यक्ष हुन्। उनी १ नं. प्रदेशबाट पहिलोपटक क्रान्तिकारीको नेतृत्वमा पुगेका हुन्।

आज क्रान्तिकारीको झापा जिल्ला समितिद्वारा दमकमा आयोजित कार्यक्रममा तामाङ सहित झापाकै उपाध्यक्ष सुरेन्द्र बस्नेत पनि सम्मानित भए । बस्नेत खुल्ला ४ उपाध्यक्ष मध्ये सबैभन्दा धेरै मतका साथ विजयी भएका थिए। सम्मानित हुनेमा १ नं. प्रदेशवाट निर्वाचित सचिव मदन भट्टराई लगायत थिए।

यसैगरी सोही कार्यक्रममा अखिल क्रान्तिकारीका विदाई भएका निवर्तमान महासचिव वीरेन्द्र बस्नेत, निवर्तमान सचिव महेन्द्र भट्टराई लगायतलाई सम्मान तथा विदाई गरिएको थियोे ।

कार्यक्रममा नेकपा माओवादी केन्द्रका जिल्ला इन्चार्ज झलकसिंह दर्लामी,राजु आचार्य,विजय साङपाङ लगायतले वधाई र शुभकामना मन्तब्य दिएका थिए। पहिलोपटक केन्द्रीय अध्यक्ष पाएर झापाली क्रान्तिकारी विद्यार्थीहरु गौरवान्वित भएको क्रान्तिकारीका जिल्ला अध्यक्ष कुमार खतिवडाले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment