Comments Add Comment

दशैंको टीकामा सेनाले चलायो निःशुल्क बस (रुटसहित)

१४ असोज, काठमाडौं । नेपाली सेनाले विजयादशमीका दिन काठमाडौं उपत्यकामा निःशुल्क बस सेवा सञ्चालन गरेको छ ।

टीकाको दिन सार्वजनिक सवारी साधन कम चल्ने भएकाले सर्वसाधारणको सुविधाका लागि बिभिन्न आठ रुटमा निःशुल्क बस सेवा सञ्चालन गरेको नेपाली सेनाले जनाएको छ ।

सैनिक जनसम्पर्क निर्देशनालयका अनुसार बिहान साढे ६ बजे र ११ बजे तथा अपरान्ह ४ बजे भद्रकालीबाट आठ रुटमा बसहरु छुट्नेछन् ।

यस्तो छ सेनाको बसको रुट

रुट नं. १- भद्रकाली, माइतीघर, बानेश्वर, कोटेश्वर, एकान्तकुना, बल्खु, कीर्तिपुर, कलंकी, कालीमाटी, त्रिपुरेश्वर, रत्नपार्क ।

रुट नं. २- भद्रकाली, जमल, लैनचौर, नारायणगोपाल चोक, बुढानीलकण्ठ, बालाजु चोक, सोह्रखुट्टे, कान्तिपथ, माइतीघर ।

रुट नं. ३- भद्रकाली, माइतीघर, त्रिपुरेश्वर, कालिमाटी, कलंकी, थानकोट, स्वयम्भु, छाउनी, ताहाचल, टेकु, थापाथली ।

रुट नं. ४- भद्रकाली, माइतीघर, बानेश्वर, तीनकुने, गौशाला, चाबहिल, जोरपाटी, नारायणगोपाल चोक, लाजिम्पाट, कान्तिपथ, भद्रकाली ।

रुट नं. ५- भद्रकाली, थापाथली, कुपण्डोल, जावलाखेल, सातदोबाटो, चापागाउँ, सातदोबाटो, तीनकुने, बानेश्वर, शहीदगेट ।

रुट नं. ६- भद्रकाली, दरबारमार्ग, कमलपोखरी, गौशाला, चाबहिल, बौद्ध, साँखु, चाबहिल, गौशाला, तीनकुने, भद्रकाली ।

रुट नं. ७- भद्रकाली, माइतीघर, नयाँ बानेश्वर, पुरानो बानेश्वर, गौशाला, सिनामंगल, कोटेश्वर, सूर्यविनायक, ठिमी, कोटेश्वर, माइतीघर, भद्रकाली ।

रुट नं. ८- भद्रकाली, माइतीघर, कोटेश्वर, सातदोबाटो, कलंकी, बालाजु, चाबहिल, गौशाला, तीनकुने, भद्रकाली ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment