Comments Add Comment

विविधताले भरिएको मनोरम मनाङ (फोटो फिचर)

१६ असोज, काठमाडौं । वरिपरि हिमाल, बिचमा कलकल बगेको नदी । अलिकति माथि आकाशमा छरपष्ट बादल । त्यसै-त्यसै मन आनन्दित बनाइदिने मनोरम दृष्य हो, हिमालपारीको जिल्ला भनेर चिनिने मनाङको ।

बाह्य पर्यटकको प्रमुख रोजाईमा परे पनि आन्तरीक पर्यटक भने यहाँ खासै आउँथेनन् । तर सडक संन्जालले छोएपछि अहिले मनाडमा आन्तरिक पर्यटक पनि सल्वलाउन थालेका छन् ।

यहाँ दुई पांग्रेभन्दा चारपांग्रे सवारी साधनमा जाँदा उपयुक्त हुन्छ । कुनै कुनै स्थानमा ठाडो उकालो भएका कारण दुईपाग्रे सवारी साधनमा कष्टप्रद हुन सक्छ ।

दुई हजार २ सय ४६ वर्ग किलोमिटर क्षेत्रफल फैलिएको मनाङ जिल्लामा विश्वकै उत्कृष्ट पदयात्रामा पर्ने थोरड्ला पाससमेत पर्छ । यति मात्र नभएर विश्वको सबैभन्दा अग्लो स्थानमा रहेको तिलीचो ताल समेत यहाँ रहेको छ ।

मनाडका समाजसेवी त्रिपल गुरुड भन्छन, ‘मनाडमा आन्तरिक पर्यटहरुको निकै चासो बढेको छ । तर राजधानीबाट मनाडमा सहजै नभएका कारण धेरै आन्तरिक पर्यटक आउन सकेका छैनन् ।

आन्तरिक तथा बाह्य पर्यटकको न्युनतम आवश्यकता भनेको नियमित हवाई उडान, व्यवस्थित सडक संजाल तथा प्रभावकारी सुचना तथा सञ्चार हुनु हो । तर मनाडमा यी सबै पक्षमा कमजोर छ ।

समाजसेवी गुरुङ भन्छन्, ‘यसको लागि हामीले राज्यसँग बारम्बार कुरा राख्यौ तर हाम्रो सुनुवाई खासै हुन सकेको छैन ।

हाम्रो प्रचार-प्रसार पुगेन

सुनिल शर्मा
निमित्त निर्देशक, नेपाल पर्यटन बोर्ड

मनाङ आफैमा सुन्दर ठाउँ हो । यो विश्वभर परिचित रहेको छ । नेपाल आउने पर्यटकको प्रमुख रोजाईमा पर्ने थोरङ्गला पास मनाङ जिल्लामै पर्दछ । तर मनाड नै भनेर पर्यटकहरु कम आउने गरेका छन् ।

मनाड जिल्ला विविधतायुक्त पनि छ । यहाँ हिमाल छैन कि, ताल छैन कि, गुफा छैन कि । तर यिनीहरुको चर्चा परिचर्चा कम छ । मनाङ जिल्लाको बृहत्तर विकासका लागि पर्यटकीय गुरु योजना बनाउन लागिएको हामीले जानकारी पाएका छांै । यसका लागि नेपाल पर्यटन बोर्डले सहकार्य गर्ने योजना रहेको छ । हेरौं कत्तिको सफल हुन्छ ।

अहिले मनाङलाई सडक सञ्जालले छोएपछि आन्तरीक पर्यटकको समेत गन्तब्य स्थल बन्न गएको छ । यदि सबै मिलेर प्रचारप्रसार तथा पुर्वाधार तयार गर्ने हो भने मनाङ मात्र नभएर देशकै पर्यटन क्षेत्रमा कायापलट हुने मैले विश्वास लिएको छु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment