Comments Add Comment

अक्षय कुमारका छोरा जब मिस्ट्री गर्लका साथ देखा परे

अहिले बलिउडमा स्टार किड्स गसिप पात्र बन्न थालेका छन् । जस्तो कि, अक्षय कुमारका छोरा आरव । हालै उनी मिस्ट्री गर्लका साथ फेला परे, बान्द्रास्थित रेष्टुरेन्ट कर्नर हाउसको बाहिर । जब उनीमाथि क्यामेरा साझियो, उनले अनुहार लुकाउन खोजे । पिंक कलरको वानपिसमा ठाँटिएकी ति किशोरी उनको साथी थियो वा अरु कोहि, त्यसबारे कुनै जानकारी भने छैन ।

यसअघि पनि उनी एक मिस्ट्री गर्लका साथ स्पट भएका थिए । त्यसबेला पनि उनले क्यापले अनुहार छोपेर क्यामेराबाट बच्ने प्रयास गरेका थिए ।

अक्षयभन्दा अग्ला

अक्षय-ट्वींकल पुत्र आरव अहिले १५ बर्षका भए । उनी कहिले आफ्ना बावासँग त कहिले किशोरीका साथ देखापर्छन् । आरव हुर्किसकेका छन् । उनको लम्बाई समेत बुवाको भन्दा बढी छ । बुवाजस्तै उनी पनि मार्शल आर्टमा रुची राख्छन् ।

मिडियाबाट जोगाउनै गाह्रो

स्टार किड्सलाई मिडियाबाट जोगानै गाह्रो भएको गुनासो सुन्ने गरिन्छ । किनभने मिडिया र सर्वसाधरणको नजर सधै उनीहरुमाथि हुनेगर्छ । आफ्ना बुवा-आमाको स्टारडम यी बच्चाका लागि भारी पनि बन्ने गरेको छ । उनीहरुलाई निजी जीवनमा रमाउन नै मुश्किल हुने गर्छ ।

फिल्म स्टार्सका छोरा, छोरी पनि आफ्ना उमेरका साथीहरु जस्तै सामान्य छन् । आफ्ना साथीसँग मिल्छन्, भेट्छन्, फिल्म हेर्छन्, पार्टी गर्छन् । तर, उनीहरुलाई मिडियाले यसरी पच्छ्याउँछ कि, सधै सतर्क रहनुपर्ने वाध्यता हुन्छ ।

जस्तो केहि समयअघि आरवकै बारेमा यस्तो लेखिएको थियो, ‘अक्षय कुमार रात्री पार्टीमा बस्दैनन् । राती ९ बजे उनी सुत्छन् । यद्यपी उनको छोरा आरव पार्टी गर्न रमाइलो मान्छन् । शोसल मिडियामा एउटा फोटो भाइरल भएको छ, जसमा ऊ एउटी केटीसँग पार्टीमा देखिएको थियो ।’ त्यसबेला उनले क्यामेरामा अनुहार लुकाएनन्, जबकी अन्य बेला उनी क्यामेराबाट सकेसम्म टाढै रहन्थे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment