Comments Add Comment

स्थानीय चुनाव हारेकाले कांग्रेसमा टिकट नपाउने

समानुपातिकका सांसदको हकमा केही लचिलो निर्णय

२० असोज, काठमाडौं । कांग्रेसले स्थानीय चुनावमा पराजित भएकाहरुलाई प्रदेश र प्रतिनिधिसभा चुनावको टिकट नदिने भएको छ ।

शुक्रबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले स्थानीय तह प्रमुख, उपप्रमुख वा अन्य पदमा उम्मेदवार बनेकाहरुलाई प्रदेश र प्रतिनिधिसभाको सदस्यको उम्मेदवार नवनाउने निर्णय गरेको हो ।

स्थानीय तहमा पराजित भएका कांग्रेसका धेरै नेताले प्रदेशसभा र प्रतिनिधिसभाको उम्मेदवार हुन आवेदन दिएका छन् । र, उनीहरुको नाम केन्द्रसम्म सिफारिस पनि भएको छ ।

साथै संविधानसभा र स्थानीय चुनावका बागी उम्मेदवार, प्रस्तावक र समर्थकलाई पजि टिकट नदिने कांग्रेसको निर्णय छ ।

समानुपातिक सांसदको हकमा भने केही लचिलो निर्णय भएको छ । महामन्त्री शशांक कोइरालाले समानुपातिकमा सांसद भएकाहरुलाई फेरि समानुपातिकमै उम्मेदवार नबनाउने प्रस्ताव पेश गरेका थिए । तर, यसलाई अपवाद बाहेक भनेर निर्णय गरिएको छ ।

स्रोतका अनुसार अहिले समानुपातिकमा सांसद भएका प्रभावशालीहरु फेरि सांसद हुन चाहेका छन् । उनीहरुकै दबावका आधारमा अपवाद बाहेक भन्ने शब्द थपिएको हो ।

कांग्रेसले २७ गतेभित्र सबै उम्मेदवार टुंगो लगाइसक्ने बताएको छ र, प्रदेश र प्रतिनिधिसभाको छनोटका लागि बरिष्ठ नेता लगायत आवश्यक परामर्श गरी संसदीय समिति गठन गर्ने अधिकार पार्टी सभापतिलाई दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment