Comments Add Comment

एप्पललाई आपत्, फुल्न थाल्यो आइफोन एट प्लसको ब्याट्री

एप्पलको नयाँ आइफोन एट प्लसको ब्याट्री फुलेको अर्को घटना चीनमा सार्वजनिक भएको छ । चिनिया मिडियाहरुले आइफोन एट प्लसको ब्याट्री फुलेको समाचार तस्वीरसहित प्रकाशित गरेका छन् ।

यसअघि ताइवान र जापानमा पनि आइफोन एट प्लसको ब्याट्री फुलेको र ब्याट्री फुल्दा फोनको बाहिरी खोल नै उप्पिएका समाचार आएका थिए ।

गत बिहिबार चीनको एक वेबसाइट द पेपर डट सिएनले एक आइफोन ग्राहक लि यू लाई उधृत गर्दै एक तस्वीर पोष्ट गरेको छ । जसमा ५ अक्टोबरमा खरीद गरेको उक्त नयाँ आइफोन एट प्लसको ब्याट्री फुलेर बाहिरी खोल उप्किएको देखाइएको छ । यद्यपि उक्त फोन पडि्कएको वा टुटेको भने देखिएको छैन ।

लियूले उक्त आइफोन अनलाइन मार्फत खरीद गरेका थिए । आइफोनको ब्याट्री फुलेको देखेपछि डिभाइसलाई चार्ज नगरी बिक्रेतालाई नै फिर्ता गरेको बताइएको छ ।

एप्पलका प्रवक्ताले यो घटनाको छानविन भैरहेको बताएका छन् ।

एप्पलको दशौँ वर्षगाँठको अवसरमा हालै लञ्च भएको आइफोन एट प्लसले बजारमा खासै राम्रो प्रतिक्रिया पाउन सकिरहेको छैन । आइफोन लञ्चपछि एप्पलको शेयरमा पनि गिरावट आइरहेको छ । अघिल्ला फोनहरुको तुलनामा यो आइफोनको पि्रअर्डर पनि निकै कम भैरहेको छ ।

आइफोन एट प्लसको पि्रअर्डर कम हुनुको अर्को कारण के पनि हुनसक्छ भने नोभेम्बरमा आउने आइफोन एक्सको प्रतिक्षामा ग्राहकहरु रहेका छन् ।

चीनमा एप्पललाई हुवावे तथा ओप्पोजस्ता स्वदेशी स्मार्टफोनहरुले टक्कर दिइरहँदा एप्पलको बजार खुम्चिँदै गएको अवस्था छ । चिनिया बजारमा आइफोनको घट्दो बिक्रिदरलाई उकास्नका लागि एप्पलले कडा मेहेनत गरिरहेको बेला आइफोन एट प्लसको ब्याट्री फुलेको समाचार एप्पलका लागि ठूलो झट्का बनेको छ । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment