Comments Add Comment

नेप्से दोहोरो अंकले घट्यो, क्लोजिङ र राजनीतिको असर


२२ असोज, काठमाडौं । बाम एकतापछि नेप्सेमा दोहोरो अंकको गिरावट आउन थालेको सरोकारवालाहरुले बताएका छन् ।

‘मुख्यतः अहिले बाम एकता सम्बन्धमा बजारमा बिभिन्न विचारहरु आएका छन् यसले पनि लगानीकर्ता हतोत्साही भएका छन्, अर्कोतर्फ अहिले पहिलो त्रैमाशको लागि कर्जाको व्याज तिर्ने समयपनि भएको छ यही कारण बजार घटिरहेको हो,’ सेयर लगानीकर्ता संघका अध्यक्ष उत्तम अर्यालले भने ।

एकता पछि बाम आस्थाका राजनीतिक दलहरु बलिया बन्दै गएको र यसले भावी दिनमा सरकार निर्माणमा पनि त्यही अनुरुपको समिकरण बन्ने भन्दै कतिपयले चिन्ता व्यक्त गर्दै विचार सम्प्रेषण गरिरहेका छन् । यसअघि डा. बाबुराम भट्टराई अर्थमन्त्री हुँदा बजार एकोहोरो ओरालो लागेको अवस्थालाई देखाउदै बाम एकता प्रति केही लगानीकर्ताहरुले विचार सम्प्रेषण गरिरहेका हुन् ।

त्यस्तै, अहिले पनि सेयर कर्जाको रुपमा अहिले बैंक तथा वित्तीय संस्थाले ४० अर्ब रुपैयाँ लगानी गरेका छन् । लगानीकर्ताहरुले हरेक त्रैमाशमा बैंकको व्याज तिर्नुपर्ने भएकोले पनि बजारमा बिक्रीमा थप दबाब परेको हो ।

यसदिन नेप्से परिसूचक ३२ अंकले घटेर १५१० मा सिमित भएको छ । बजारमा ४१ करोड रुपैयाँको कारोबार भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment