Comments Add Comment

३ प्लेटर्फम, जहाँ पाइन्छ यौनिकताको शिक्षा

 

अमेरिकी शोधकर्ता एमिली नागोस्की अन्तिम परीक्षाको उत्तरपुस्तिका जाँच गरिरहेकी थिइन् । उत्तर पुस्तिकामा उनले यस्तो पाइन् की जसका कारण उनी भक्कानो छाड्न पुगिन् ।

नागोस्कीले आफ्नो कलेजका विद्यार्थीहरुलाई यौनिकताको विषयमा केही मौलिक कुराहरु लेख्ने प्रश्न दिएकी्र थिइन् ।

विद्यार्थीहरुले उनीहरुलाई सिकाइएको कुरा वैज्ञानिक शव्दावलीमा उत्तर लेख्नेछन् भन्ने उनको अनुमान थियो । तर उनी निराश बनिन् । कपी जाँच्दा जाँच्दै उनको आँखाबाट आँशु आउन थाले ।
त्यसपछि उनले यस विषयमा किताब लेख्ने निधो गरिन् । त्यसपछि उनले कम ऐज यू आर शीर्षकको किताब बजारमा ल्याइन् । उक्त पुस्तक सन् २०१५ मा न्युयोर्क टाइम्सको बेस्ट सेलिङ किताबको सूचिमा पर्यो ।

नैतिकताको मापदण्ड

अमेरिकाको इण्डियाना विश्वविद्यालयमा ह्युमन सेक्सुआलिटीको विषयमा अध्यापन गर्ने नागोस्की भन्छिन्- महिलाहरुको यौनिकता प्रतिको बुझाइ वैज्ञानिकता भन्दा नैतिकताको मापदण्डबाट बनाइएको छ ।

किताबमा उनले दर्जनौँ महिलाहरुको यौनिकताप्रतिको चिन्ताहरु सामेल गरेकी छिन् । साथै उनले विषयवस्तुको जटिलता दर्शाउनका लागि वैज्ञानिक प्रमाण तथा सिद्धान्तहरु पनि पेश गरेकी छिन् ।

नागोस्की एक्ली छैनन् । उनीजस्तै कैयन् शोधकर्ता तथा मेडिकल विशेषज्ञहरुले यस्ता जानकारी दिनका लागि प्लेटर्फम बनाएका छन् जो फेसन पत्रिकामा छापिने सेलिब्रेटीका सेक्स सल्लाह भन्दा विल्कुल फरक हुन्छन् ।

१२ तरिका बताउने वेबसाइट

वैज्ञानिक आधारयुक्त कतिपय परियोजनाहरुले महिलाहरुलाई यौन आनन्दको माध्यमबाट ससक्त महसूस गराउने कोसिस गरिरहेका छन् । सबैभन्दा महत्वपूर्ण कुरा के भने उक्त प्रोजेक्टको भाषा एकेडेमिक भने छैन ।

एकजना महिला क्यामरामा हेर्दै मुस्कुराउँदै हस्तमैथुनको माध्यमबाट चरम आनन्दसम्म पुग्ने आफ्ना सबैभन्दा प्रभावकारी तरिकाको विषयमा कुरा गर्दैछिन् । ओएमजिएस वेबसाइटमा महिलाहरुको लागि यौन आनन्दका यस्ता १२ तरिका दिइएको छ जसलाई दुईहजार भन्दा धेरै महिलाहरुसँग गरिएको कुराकानीको आधारमा शोधकर्ताहरुले निकालेको निष्कर्षको रुपमा प्रस्तुत गरिएको हो ।

एक अर्को दृश्यमा ती महिला आफ्नो प्रविधि देखाउँदै छिन् । यो भिडियो पोर्नको दृश्यजस्तो लाग्दैन, ट्युटोरियल जस्तै देखिन्छ ।

यस्ता कैयन् भिडियोमा अलग अलग उमेर तथा वर्णका महिलाहरु छन् । यी सबै भिडियो ओएमजिएस वेब प्रोेजेक्टको हिस्सा हुन् जुन लायडिया डेनिलर र रब पर्किन्सले सन् २०१५ को डिसेम्बरमा लञ्च गरेका हुन् । तर सन् २०१६ मा ह्यारी पोर्टर फिल्मकी अभिनेत्री एमा वाट्सनले उक्त भिडियो प्रोजेक्टको बारेमा चर्चा गरेपछि यसले खुब पब्लिसिटी प्राप्त गर्यो ।

यो वेबसाइट बनाउनका लागि लायडिया र रबले हजार भन्दा धेरै महिलाहरुको गहन अन्तर्वार्ता लिए । त्यसपछि युनिभर्सिटी अफ इन्डियाना र किन्से इन्स्िटच्यूटको सहयोगमा अध्ययन विकसित गरे ।
क्यालिफोर्नियामा २० जना मानिसको सहयोगमा यो वेबसाइट चलाइरहेकी केटी शेरिविनका अनुसार सम्पूर्ण तथ्यांकको अध्ययन गरिसकेपछि उनले उत्कृष्ट चरम आनन्द प्राप्त गर्ने १२ अहम तरिका पहिचान गरिन् ।

वेबसाइट बनाउनेहरुको चिन्ता के थियो भने महिला र पुरुषको यौनिक आनन्दलाई सांस्कृतिक रुपमा कसरी दर्शाइन्छ ।

यौन आनन्द प्राप्त गर्ने निर्देशिका

भेनेजुयलाकी डाक्टर मारिया फर्नान्डा परेजा बार्सिलोनामा बस्छिन् र उनले महिला र उनीहरुको यौनिकताका विषयमा एक वेब प्लेटर्फम बनाएकी छिन् ।

विरामीहरुमा आफ्नो सरीरका विषयमा असहज महसुस गरेकेा देख्दा उनले यो सुरुवात गरेकी थिइन् । उनीसँग उपचारका लागि एकजना ६० वषर्ीया महिला आइन् जसले अहिलेसम्म आफ्नो यौनांग देखेकै थिइनन् ।

यस्तै कुराले उनलाई एउटा वेबसाइट स्थापना गर्न उत्प्रेरित गर्‍यो । डेढ वर्षअघि उनले गेटमाइन हेल्दी प्लेजर नामक वेबसाइट लञ्च गरिन् । यो वेबसाइट स्पेनिस भाषामा छ । यसमा चरम आनन्द प्राप्त गर्ने विधिका विषयमा निर्देशिका डाउनलोड गर्न सकिन्छ । उक्त निर्देशिका पेरेजा स्वयंले लेखेकी हुन् । साथै त्यसमा यौनिकता र मानसिक शारीरिक स्वास्थ्यका विषयमा पनि लेखहरु छन् ।

बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment