Comments Add Comment

नेप्सेको जीएममा साउद नियुक्त

२३ असोज, काठमाडौं । नेपाल स्टक एक्सचेन्जको महाप्रबन्धकमा चन्द्रसिंह साउद नियुक्त भएका छन् ।  साउदको कार्यकाल चार वर्षको लागि हुनेछ ।

सोमवार विहान बसेको मन्त्रिपरिषदको बैठकले साउदलाई नेप्सेको महाप्रबन्धकमा नियुक्त गर्ने निर्णय गरेको हो ।

अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन विभागका अधिकारि सम्मिलित समितिले चन्द्रसिंह साउद, प्रमोदराज शर्मा र मनोज ज्ञवालीको नाम सिफारिश गरेको थियो । सुदुरपश्चिमेली साउदलाई सोही क्षेत्रका प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिशमा नियुक्त गरिएको हो ।

साउद नेपाल इन्स्योरेन्सका पूर्वमहाप्रबन्धक हुन् । उक्त पदका लागि १३ जनाको आवेदन परेको थियो । करिब अढाइ महिनादेखि नेप्सेको महाप्रबन्धक पद खाली रहदै आएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment