सोमबार, २५ मंसिर, २०७४
OnlineKhabar.com

मलद्वारभित्र भेटियो १ किलो सुन !

अनलाइनखबर

तस्करहरुका काइदा अनेक हुन्छन् । हुँदाहुँदा तस्करहरुले मलद्वारभित्र लुकाएर सुनको तस्करी गर्न थालेछन् ।

घटना श्रीलंकाको हो । हालै एक श्रीलंकाली पुरुषलाई पुलिसले कोलम्बो एयरपोर्टमा पक्राउ गर्यो । एयरपोर्टको डिपार्चर कक्षबाट पक्राउ परेको ती व्यक्तिमाथि शंका लागेर खानतलासी गर्दा उनको मलद्वारभित्र छिराएको झण्डै एक किलो सुन बरामद भएको छ ।

४५ वर्षका ती पुरुष भारतका लागि उड्दै थिए । जब उनी निकै अप्ठेरो गरी हिँडिरहेको अधिकारीहरुले देखे तब उनीमाथि शंका उत्पन्न भयो र उनलाई नियन्त्रणमा लिइएको थियो । उनको मलद्धारबाट ९ सय ५ ग्राम सुन बरामद भयो । उनलाई पक्राउ गरियो । तर पछि उनलाई झण्डै डेढ लाख रुपैयाँ बराबरको जरिवाना गरी मुक्त गरिएको बताइएको छ ।

अधिकारीहरुका अनुसार प्लास्टिकको झोलामा बेरेर उनले सुनलाई मलद्वारभित्र घुसाएका थिए ।

एजेन्सी

२०७४ असोज २४ गते १२:१८ मा प्रकाशित

सम्बन्धित शीर्षकहरु

अनलाइनखबर सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

मुख्य खबरहरु

१ प्रतिकृया प्राप्त
  • सुमन बिष्ट लेख्नुहुन्छ    |   २०७४ असोज २४ गते १३:३३

    याे त नेपालमा कैयाै‌ बर्षदेखी सुन तस्करीमा प्रयाेग हुँदै अाएकाे विधि हाे ।

    0
    1
    Share

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

Also you may like this