Comments Add Comment

मध्य सत्रमा बौरिएको नेप्से बजार बन्द हुँदा स्थिर


२४ असोज, काठमाडौं । मंगलवार कारोबार खुलेदेखि नै लगालग घटेको नेप्से मध्यपछि एकाएक बढेको भएपनि बजार बन्द हुँदा भने स्थिर रह्यो ।

निकै घटेकोले नेप्से अब बढ्न थाल्ने अनुमानहरुकाबीच बढेको भएपनि बिक्री चाप बढेपछि नेप्सेले वृद्धि थेग्न सकेन । सोमवार १५०१ मा आएको बजार मंगलवार ०.७४ अंकले मात्र वृद्धि भएको छ ।

यसदिन कारोबारमा आएका बिकास बैंक, वित्त र ‘अन्य’ समूह बाहेक सबै परिसूचक घटेको छ । यसदिन सबैभन्दा धेरै कमाउने जानकी फाइनान्सको पनि मूल्य वृद्धि ४ प्रतिशतभन्दा कम रहेको छ ।

यस दिन कारोबार रकम ३० करोड रुपैयाँमा सिमित भएको छ । ५८ कम्पनीको सेयर मूल्य यसदिन बढ्यो भने ७८ कम्पनीको सेयर मूल्य घटेको छ । मूल्य घट्ने प्रमूख कम्पनीहरुको पनि मूल्य ३ प्रतिशतकोभन्दा धेरैले घटेको छैन् । यसले बजारमा मोलमोलाई भने तीव्र बढेको देखाउँछ ।

बजार बढ्छ भन्ने र घट्छ भन्ने जमात लगभग उस्तै देखिएको समेत यसले संकेत गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment