Comments Add Comment

अशिष्माले गरिन् ‘लाखे भाजु’को घोषणा, सोहितसँग जोडी जम्ने


नेपाली चलचित्रमा आफ्नो स्थान बनाउँदै गरेकी नायिका अशिष्मा नकर्मीले अब नेपाल भाषाको चलचित्रमा अभिनय तथा निर्माण गर्ने भएकी छिन् । ‘लाखे भाजु’ नाममा बन्न लागेको चलचित्रको प्रस्तुतर्ता समेत अशिष्मा नै हुन् ।

काठमाण्डौमा आज आयोजित पत्रकार सम्मेलनमा आर्यम नकर्मीको लेखन तथा निर्देशनमा बन्न लागेको चलचित्रको घोषणा गरियो । यो चलचित्रमा अशिष्मा नकर्मी, सोहित मानन्धर, मदनदास श्रेष्ठ, नगिना जोशी लगायतका कलाकारको मुख्य भूमिका रहनेछ । चलचित्रको बजेट ५० लाख रहने बताइएको छ ।

प्रदिपकुमार उदय परिकल्पनाकार रहेको चलचित्रमा सुशन प्रजापतिको छायांकन, मनराजा नकर्मीको संगीत रहनेछ । चलचित्रले ‘लाखे’को उत्पती कसरी भयो भन्ने कथालाइ उठान गर्नेछ । साथमा, चलचित्रले सोहित र अशिष्माको प्रेमकथालाई चलचित्रमा प्रस्तुत गर्नेछ ।

नायिका तथा प्रस्तुतकर्ता समेत रहेकी अशिष्माले विश्व बजारमा नेपाल भाषाको चलचित्रको माग धेरै रहेकाले आफू चलचित्र निर्माणमा अग्रसर भएको बताइन् । चलचित्रको छायांकन तिहारपछि हुनेछ ।

चलचित्रमा नरेन्द्र महर्जन, गोपालकाजी कायस्थ, चिजकुमार श्रेष्ठ, सुन्दरराज भण्डारी, दिपक श्रेष्ठको लगानी रहनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment