Comments Add Comment

पोर्चुगलमा चियापान तथा शुभकामना आदानप्रदान

१० अक्टोबर, पोर्चुगल । नेपाली कांग्रेसको प्रवासी भातृ सँगठन नेपाली जनसम्पर्क समिति पोर्चुगलले चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ ।

तिहार एवं छठ पर्वको अवसर पारेर समितिले राजधानी लिस्बन स्थित रोसियोमा सोमबार चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको हो ।

समितिका सभापति लक्ष्मीप्रसाद सापकोटाको सभापतित्व तथा गैरआवासीय नेपाली सँघ पोर्चुगलका अध्यक्ष कुबेर कार्कीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा प्रवासी नेपाली मञ्चका का.बा. अध्यक्ष रोबोट लिम्बु, नारी समाज पोर्चुगलका महासचिव मीना खरेल, नेपाली एकता समाजका अर्जुन सुनुवार लगायतले बोल्दै प्रवासी नेपालीहरुकोे बिचमा आपसी सहयोग, सहकार्य र एकतामा जोड दिएका थिए ।

नेपालीहरुको बिचमा आपसी मेलमिलाप र भावनात्मक एकताको खाँचो औल्याउदै उनिहरुले प्रवासमा नेपालीहरुले भोग्नुपरेका समस्या समाधानका लागि प्रवासी नेपालीहरु एक हुनुपर्ने बताएका थिए ।

राष्ट्रिय मेलमिलाप र एकताको नीति लिएर महामानव बिपि कोइराला प्रवासबाट स्वदेश फर्केको दिनलाई स्मरण गर्दै नेपाली कांग्रेसले हरेक वर्षको कोजाग्रत पूणिर्माका दिन गर्ने चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रमलाई प्रवासमा पनि निरन्तरता दिदै पहिलो पटक आयोजना गरिएको समितिका सभापति लक्ष्मीप्रसाद सापकोटाले जानकारी दिए ।

कार्यक्रम समितिका उपसभापति सुशील शर्मा गैह्रेको स्वागत तथा महामन्त्री बिनोद घिमिरेको सञ्चालनमा सम्पन्न भएको थियो । कार्यक्रममा पोर्चुगलमा क्रियाशील नेपाली सँघ सँस्थाका प्रतिनिधी, ब्यबसायी, समाजसेवी, सञ्चारकर्मी एवं नेपाली काँगे्रसमा आस्थावान्हरुको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment