Comments Add Comment

अनौठो होटेल, सुत्ने गार्डलाई भूतले थप्पड हान्छ

चौकिदारी गरिरहेको बेला सुरक्षा गार्ड सुत्यो भने के होला ? अवश्य पनि चोर छिर्न सक्छ वा सुतेको बेला हाकिमले देख्यो भने चौकिदारको जागिरै जानसक्दछ ।

तर भारतमा एउटा यस्तो होटेल छ, जहाँ रातमा ड्युटी गर्ने चौकिदार सुतेको थाहा पाउनासाथ भुतले थप्पड हान्छ ।

राजस्थानको कोटा सहरमा एउटा यस्तो डरलाग्दो होटेल छ जहाँ रातको समयमा ड्युटी गर्ने चौकिदारले निद्राको झप्को लिने कुरा चिताउन पनि सक्दैन । यदि भुलबस निदायो भने भूतले जोडदार थप्पड मार्दछ ।

चौकिदारलाई थप्पड हान्ने भूतलाई अहिलेसम्म कसैले पनि देखेको चाहिँ छैन । भूतले थप्पड हान्ने विषयमा मानिसका अनेकथरी तर्क छन् ।

स्थानीयका अनुसार उक्त होटेलमा बेलायती मेजरको आत्मा भड्किएको छ । उक्त आत्माले कसैलाई पनि नोक्सान पुर्याउँदैन, मात्र उक्त दरबार होटेलको निगरानी गर्दछ ।

उक्त आत्मालाई ड्युटीको समयमा कोहीपनि मानिस निदाएको मन पर्दैन अरे ।

समाचार अनुसार सन् १८५७ मा सिपाही विद्रोहका बेला उक्त दरबारमा एकजना बेलायती आवासीय मेजर चाल्र्स बुर्टन बस्दथे । विद्रोही सिपाहीहरुले बुर्टन र उनका दुई छोरालाई सोही होटेलमा आक्रमण गरी मारेका थिए । त्यसबेलादेखि उनै मृतक मेजरको आत्मा उक्त होटेल परिसरमा भड्किरहेको छ ।

बृजराज भवन दरबार नामक उक्त होटेलका कतिपय कर्मचारीहरुका अनुसार उनीहरुले मेजरको आवाजसमेत कहिलेकाहिँ सुन्ने गरेका छन् ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment