शुक्रबार, ८ असार, २०७५
Ruslan
OnlineKhabar.com
Suzuki

१५ वर्षे जवान गर्लफ्रेन्ड भेट्न बूढो कछुवाको ‘म्याराथन’

Suzuki
अनलाइनखबर

प्रेम चाहे मानिसबीचमा होस् वा जनावरहरुको बीचमा, जब कोही जोडी प्रेममा पर्दछ तब सारा विघ्नबाधा हटाउने प्रण गर्दछन् । मानिसका प्रेमका कथाहरु त धेरै सुनिएकै छ तर यहाँ कछुवाको प्रेम कहानी प्रस्तुत गरिएको छ, जुन पत्याउन गाह्रो पर्छ ।

यो कुनै किताबी कहानी होइन, सत्य घटनामा आधारित छ । जसमा चिडियाखानामा रहेको एउटा भाले कछुवाले आफ्नी प्रेमिका पोथी कछुवालाई पाउनका लागि यस्तो बहादुरी देखायो कि सुन्दैमा नतमस्तक भइन्छ ।

भाले कछुवाको नाम हो, फ्रेडी । उसको उमेर ७० वर्ष छ । यो बेलायत अधिनस्थ जर्सी टापुको सबैभन्दा पुरानो सदस्य हो । स्थानीय सेन्ट म्यारीस्थित एक घरका मानिसले फ्रेडीलाई पालेका थिए । घरमा उसकी प्रेमिका एस्ट्रिड थिइन् । जसको उमेर थियो, जम्मा १५ वर्ष । जवान एस्ट्रिडलाई स्थानीय जर्सी चिडियाखानामा राख्नका लागि लगियो ।

भालेलाई जब आफ्नो प्रेमिकालाई अन्तै सारेको कुरा थाहा भयो, ऊ अचानक घरबाट गायब भयो । अचानक कछुवा गायब भएपछि घरमालिक तीनछक परे । एकजना बटुवाले उक्त कछुवालाई स्थानीय जर्सी चिडियाखाना नजिकैको चौरमा हिँडिरहेको देखेछन् । बिचरो फ्रेडी आफ्नी प्रेमिका राखिएको चिडियाखाना नजिकै पुगिसकेको थियो, तर उसलाई त्यहीँ रोकियो । उक्त कछुवालाई पछि उद्दार गरी कछुवा संरक्षण केन्द्रमा बुझाइयो । कछुवा संरक्षण केन्द्रले पछि यो कछुवालाई उसका मालिक जोआन्ने स्टान्टनलाई हस्तान्तरण गर्यो ।

अनौठो कुरा त के भने निकै ढिलो हिँड्ने यो कछुवाले आफ्नी प्रेमिका भेट्नका लागि १० किलोमिटर दूरी २४ घन्टामा पूरा गर्यो ।

प्रेमिका भेट्न कछुवाले पूरा गरेको यो म्याराथन दौड साच्चिकै प्रेमजोडीहरुका लागि उदाहरणीय रहनेछ ।

एजेन्सी

२०७४ असोज २५ गते ११:०१ मा प्रकाशित
Grace
Grace

सम्बन्धित शीर्षकहरु

अनलाइनखबर सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

मुख्य खबरहरु

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

Also you may like this