Comments Add Comment

छोरीको स्विमिङ पूलको तस्बिरले तनावमा साहरुख


बलिउड नायक साहरुख खान अहिले आफ्नी छोरी सुहाना खानका कारण तनावमा परिरहेका छन् । छोरी जति ठूली हुँदै गइन्, उती नै साहरुखमा तनाव बढिरहेको छ ।

केही समय अगाडि साहरुखकी छोरी सुहानाको विकिनी तस्बिर सामाजिक संजाल र मिडियामा भाइरल नै भयो । साहरुखले केही मिडियामा फोन नै गरेर तस्बिर हटाइदिन आग्रह गरेका थिए ।

केही महिना अगाडि चलचित्र हलमा पुगेकी सुहानालाइ मिडियाले घेरेपछि उनी आतिइन् । सुहाना आतिएको भिडियो सार्वजनिक भएपछि साहरुखले पापाराजीहरुलाइ आफ्नो तस्बिर खिच्न तर छोराछोरीलाइ स्टार नसंझन आग्रह गरे ।

अब, उनै साहरुख फेरि छोरी सुहानाको एक तस्बिरका कारण तनावमा परेका छन् । सुहानाको स्विमिङ पूलको एक तस्बिरले अहिले उनको तनाव बढाएको छ । साहरुख सुहानाको यस्तो तस्बिर भाइरल भएकोमा खुशी छैनन् । उनले यो बिषयमा सुहानासँग कुरा पनि गरिसकेका छन् ।

साहरुख आफ्नी छोरीलाइ निकै प्रेम गर्छन् । यसैले, उनी छोरीको साना-साना कुरामा पनि धेरै तनाव लिने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment