Comments Add Comment

विश्वकपमा कुन-कुन देशले स्थान बनाए ?

अर्को वर्ष रुसमा हुने विश्वकप फुटबलको छनोट चरण अन्तिम अवस्थामा पुगेको छ । सहभागी ३२ मध्ये आयोजक रुससहित २३ टोलीले स्थान सुरक्षित गरिसके ।

अब अन्तर महादेशीय र महादेशीय प्लेअफमार्फत आउने टोलीहरुको टुंगो अर्को महिनासम्ममा लाग्नेछ ।

पाँच पटकको बिजेता ब्राजिल, साविक बिजेता जर्मनीसँगै अर्जेन्टिना, बेल्जियम, कोलम्बिया, कोष्टा रिका, इंग्ल्याण्ड, इजिप्ट, फ्रान्स, आइसल्याण्ड, इरान, जापान, मेक्सिको, नाइजेरिया, पानामा, पोल्याण्ड, पोर्चुगल, साउदी अरेविया, सर्विया, दक्षिण कोरिया, स्पेन र उरुग्वे रुस विश्वकपका लागि छनोट भएका छन् ।

त्यसमध्ये युरोपबाट आयोजक रुससहित १०, एशियाबाट ४, अफि्रकाबाट २, उत्तर तथा मध्य अमेरिकाबाट ३ र दक्षिण अमेरिकाबाट ४ टोलीले विश्वकप सहभागिता पक्का गरिसकेका छन् ।

यसपटक युरोपबाट छनोट भएको आइसल्याण्ड र मध्य तथा उत्तर अमेरिकाबाट छनोट भएको पानामाले पहिलो पटक विश्वकप खेल्दैछन् । आइसल्याण्ड जनसंख्याको हिसावमा विश्वकपमा पुग्ने सबैभन्दा सानो मुलुक समेत हो ।

साथै यस विश्वकपमा अहिलेसम्म दक्षिण अमेरिकाबाट चिली र युरोपबाट नेदरल्याण्ड्स बाहिरिइसकेका छन् । चिली दक्षिण अमेरिकी च्याम्पियन हो भने नेदरल्याण्ड्स गत संस्करणको सेमिफाइनलिष्ट हो । त्यस्तै वेल्स, टर्की, युक्रेन तथा अफि्रकाबाट अल्जेरियापनि यस पटक विश्वकपमा स्थान बनाउन असफल रहे ।

हामीले विश्वकपमा सहभागिता निश्चित गरेका टोलीहरुको संक्षिप्त परिचय दिएका छौं ।

युरोप

रुस

स्टानिस्लाभ चेर्चेसोभको टोली रुसले चौथो पटक विश्वकप खेल्दैछ । सोभियत संघ बिघटन भएपछि पहिलो पटक रुसको नामबाट सन् १९९४ मा विश्वकप खेलेको थियो । सोभियत संघबाट १९६६ को विश्वकपमा चौथो भएको थियो ।

रुसका प्रशिक्षक चेर्चेसोभ राष्ट्रिय टोलीका पूर्व गोलरक्षक हुन् । कन्फेडेरेसन कपको सहभागितापछि उनले आफ्नो टोली थप म्याच्योर भएको बताएका थिए । उसले विश्वकपमा सेमिफाइनलसम्म पुग्ने लक्ष्य लिएको छ ।

बेल्जियम

अघिल्ला दुई संस्करणमा छनौट हुन नसकेको बेल्जियमले गत संस्करण ब्राजिलमा क्वार्टरफाइनलसम्मको यात्रा तय गरेको थियो । त्यसपटक बेज्लियम अर्जेन्टिनासँग पराजित भएको थियो । विश्वकपमा बेल्जियमको राम्रो प्रदर्शन १९८६ मा थियो । जतिबेला उ चौथो भएको थियो ।

रोबर्टो मार्टिनेज बेल्जियमका प्रशिक्षक हुन् जसले २०१३ मा विगानलाई एफए कपको उपाधि दिलाएका थिए । त्यसको ३ दिनपछि विगान पि्रमियर लिगबाट रेलिगेसनमा परेको थियो । त्यसपछि बेल्जियममा आबद्ध भएका उनले टिमलाई एकबद्ध गरेका छन् र उपाधिको दावेरदारको रुपमा प्रस्तुत गराएका छन् ।

इंग्ल्याण्ड

१९६६ मा ऐतिहासिक रुपमा विश्वकप जितेपछि इंग्ल्याण्ड एक पटकमात्र १९९० मा सेमिफाइनलसम्म पुगेको छ । गत संस्करणमा इंग्ल्याण्ड समूह चरणबाटै घर फर्किएको थियो । १९५८ पछि पहिलो पटक इंग्ल्याण्डले त्यो नियती व्यहोरेको थियो ।

हालै नियुक्त भएका इंग्ल्याण्डका प्रशिक्षक ग्यारेथ साउथगेटको विश्वकप नै पहिलो र ठूलो प्रतियोगिता हुनेछ । उनको प्रशिक्षणमा इंग्ल्याण्डले मात्र जर्मनी र फ्रान्ससँग पराजय ब्यहारेको छ । विश्वकप छनोटमा इंग्ल्याण्ड अपराजित रहृयो ।

फ्रान्स

आफैंले आयोजना गरेको विश्वकप १९९८ जितेको फ्रान्स त्यसको ८ वर्षपछि २००६ को संस्करणमा फाइनलमा इटलीसँग पराजित भएको थियो । फ्रान्स अघिल्लो विश्वकपको क्वार्टरफाइनलिष्ट र २०१६ को युरोकपको उपाबिजेता हो ।

१९९८ मा विश्वकप र २००० मा युरो जित्दाका महत्वपूर्ण सदस्य डिडिएर डेसच्याम्प २०१२ यता फ्रान्सको प्रशिक्षक रहेका उनको नेतृत्वमा फ्रान्स अघिल्लो वर्ष घरमै भएको युरोकप फाइनलमा पोर्चुगलसँग हारेको थियो ।

जर्मनी

जर्मनी विश्व च्याम्पियन हो । प्रतियोगिताको साविक बिजेता हो भने विश्वको उत्कृष्ट टोली हो । १३ वर्षयता जर्मनटोलीको प्रशिक्षक टिममा रहेका जोचिम लोले मुख्य प्रशिक्षकको रुपमा जिम्मेबारी संहालेको पनि १० वर्ष भइसक्यो । त्यसबीचमा २००८ मा युरोकप उपबिजेता भएको जर्मनीले २०१४ मा विश्वकपको ट्रफी उचालेको थियो ।

आइसल्याण्ड

कोसोभोलाई २-० गोलले हराएर गत सोमबार आइसल्याण्डले पहिलो पटक विश्वकप फुटबलको ऐतिहासिक यात्रा तय गर्‍यो । निःशन्देह आइसल्याण्ड फुटबलको गोल्डेन जेनेरेसनले अघिल्लो वर्ष फ्रान्स युरोमा इंग्ल्याण्डलाई नकआउट गरी सनसनी मच्चाएको थियो । आइसल्याण्ड युरोको क्वार्टरफाइनलसम्म पुगेको थियो ।

आइसल्याण्डका दन्त चिकित्सक प्रशिक्षक ५० वर्षीय हेइमिर हलगि्रम्सनले आइसल्याण्डबासीलाई हसाइरहेका छन् । युरोको सफलता पनि उनले अर्को असफलता चुमेका छन्, जसका कारण आइसल्याण्डका जनता खुसीले गदगद छन् ।

पोल्याण्ड

विश्वकप बरियातामा पोल्याण्ड छैटौं स्थानमा छ । तर उसले अहिलेसम्म विश्वकप जित्न सकेको छैन । कतिपयको दाव्ी अनुसार पोल्याण्ड अहिले अहिलेसम्मकै बलियो टिमको रुपमा देखिन्छ । १९७४ र ०८२ को विश्वकपमा पोल्याण्डले तेस्रो स्थान हासिल गरेको थियो, त्यो नै उसको विश्वकपमा उत्कृष्ट प्रदर्शन हो ।

पोर्चुगल

सुपरस्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डोको टोली पोर्चुगल अहिलेको च्याम्पियन पनि हो । उसले गत वर्ष फ्रान्सलाई उसकै भूमिमा हराएर युरोकपको उपाधि जितेको थियो । स्वीट्जरल्याण्डलाई हराएर उनले विश्वकप सहभागिता निश्चित गरेको हो ।

तर, विश्वकपमा उसको प्रदर्शन सन्तोषजनक छैन । १९६६ मा तेस्रो भएको पोर्चुगल सन् २००६ मा सेमिफाइनलमा पुगेको थियो । यसअघिको संस्करणमा भने उसले समूह चरण पार गर्न सकेन ।

चार पटकका विश्व उत्कृष्ट खेलाडी, पोर्चुगलका लागि कीर्तिमानी अन्तर्राष्ट्रिय गोलकर्ता र सबैभन्दा धेरै क्याप जित्ने खेलाडी रोनाल्डोकै प्रदर्शन र प्रेरणामा पोर्चुगिज टिमको भविश्य निर्धारण हुनेछ । प्रशिक्षक फर्नाण्डो सान्तोषको नेतृत्वमा पाएको युरो सफलतालाई उनी विश्वकपसम्म डोहोर्‍याउन चाहन्छन् ।

सर्विया

रुसमा समेत गरी विश्वकपमा ब्राजिलको १२औं सहभागिता हुनेछ । सर्विया गत संस्करणमा छनोट हुन असफल भएको थियो भने त्यसअघिका दुई संस्करणमा समूह चरण पार गर्न सकेको थिएन ।

स्पेन

अहिले ११ औं बरियातामा रहेको स्पेन २००८ देखि २०१३ सम्म विश्व बरियाताको शीर्ष स्थानमा थियो । स्पेन २०१० को विश्व च्याम्पियन हो भने २००८ र २०१२ को युरो च्याम्पियन हो ।

रियल मडि्रडका एट्याकिङ मिडफिल्डर इस्को अहिले निक्कै उत्कृष्ट लयमा छन् । अल्भारो मोराटा पनि चेल्सीमा उच्च लयमा देखिन्छन् ।

जुलाई २०१६ मा स्पेनको उच्च टोलीको मुख्य प्रशिक्षक नियुक्त भएयता जुलेन लोपेटेगुईको टोलीले लगातार १३ खेलमा पराजय ब्यहोरेको छैन । स्पेनलाई यू-१९ र यू-२१ युरो च्याम्पियनसिप दिलाएका उनीसँग ठूला र महत्वपूर्ण प्रतियोगिता खेलाएको अनुभव छैन ।

दक्षिण अमेरिका

अर्जेन्टिना

दक्षिण अमेरिकी छनोटको अन्तिम चरणमा पाँच पटकका उत्कृष्ट फुटबलर लियोनल मेस्सीको हृयाटि्रकको सहयोगमा अर्जेन्टिनाले विश्वकपमा स्थान बनायो । अर्जेन्टिनाले १९७८ र १९८६ मा गरी दुई पटक विश्वकप जितेको छ भने १९३०, १९९० र २०१४ मा गरी तीन पटक उपबिजेता बनेको छ । गत संस्करणको फाइनलमा अर्जेन्टिनाले जर्मनीसँग १-० को हार ब्यहोरेको थियो ।

चिलीलाई २०१५ मा कोपा अमेरिका जिताएका प्रशिक्षक जर्ज साम्पाओली अहिले अर्जेन्टिनाको प्रशिक्षक छन् । उनले मे २०१७ देखि टिम संहालेका हुन् र कठिन परिस्थितिबाट पार लगाउँदै उनले टोलीलाई विश्वकपमा स्थान बनाए ।

ब्राजिल

पाँच पटक, १९५८, १९६२, १९७०, १९९४ र २००२ को विश्व बिजेता ब्राजिलले गत संस्करणको सेमिफाइनलमा जर्मनीसँग घरमै ७-१ को पराजय ब्यहारेको थियो । त्यस चोटबाट बाहिरिन निक्कै संघर्ष गरेको ब्राजिल विश्वकपमा छनौट हुने पहिलो टोली हो ।

डुंगाको प्रशिक्षणमा विश्वकप छनोट यात्रा सुरु गरेको ब्राजिलको प्रदर्शनमा सुधार नभएपछि टिटेले उनलाई प्रतिस्थापन गरेका थिए । त्यसपछि ब्राजिलका सुखका दिन सुरु भए । त्यसयता ब्राजिल अपराजित छ । दक्षिण अमेरिकी छनोटमा ब्राजिल पहिलो बन्यो ।

कोलम्बिया

कोलम्बियाले गत संस्करणको विश्वकपमा सबैभन्दा राम्रो प्रदर्शन गर्दै क्वार्टरफाइनलसम्मको यात्रा तय गरेको थियो । उसले ब्राजिलसँग २-१ को पराजय ब्यहारेको थियो ।

गत विश्वकपका गोल्डेन बुट बिजेता जेम्स राडि्रग्युज कोलम्बियाका स्टार खेलाडी हुन् । सन् २०१२ यता कोलम्बियाको प्रशिक्षण संहालेका प्रशिक्षक जोसे पिकरम्यान त्यसयता तीन पटक दक्षिण अमेरिकी प्रशिक्षक अफ द इयरको उपाधि जितेका छन् ।

उरुग्वे

उरुग्वेले पहिलो विश्वकप १९३० मा जितेको थियो । १९५० मा ब्राजिलमा भएको विश्वकप जितेको उरुग्वे सन् २०१४ को विश्वकपमा अन्तिम १६ भन्दा माथि जान सकेन । २००६ यता प्रशिक्षक रहेका ओस्कार ताबारेजले लुईस स्वारेज प्रेरित टोली लिएर यसपटक रुस भ्रमण गर्नेछन् । उनको प्रशिक्षणमा उरुग्वेले २०११ मा कोपा अमेरिकाको उपाधि जितेको थियो ।

उत्तर, मध्य अमेरिका तथा क्यारेवियन

मेक्सिको

पछिल्ला ६ पटकसम्मको विश्वकपमा मेक्सिकोले नकआउट चरणमा पुगेको छ भने १९८६ मा घरमै भएको विश्वकपमा मेक्सिको क्वार्टरफाइनलसम्म पुगेको थियो ।

म्यान्चेस्टर सिटीका पूर्व असिस्टेन्ट म्यानेजर जुहान कार्लोस ओसोरियोको प्रशिक्षणमा रहेको मेक्सिकोले छनोट चरणमा उच्च खेल प्रदर्शन गरेको थियो । कन्फेडेरेसन कपका क्रममा अफिसियललाई अभद्र व्यवहार गरेका कारण उनी ६ खेलको प्रतिबन्धमा छन् । टिमका सिनियर खेलाडीलाई पछाडि पार्न खोजेको भन्दै केहि मेक्सिकन समर्थकले उनको आलोचना पनि गर्ने गरेका छन् ।

कोष्टारिका

रुस विश्वकपका लागि छनोट भएर कोष्टा रिकाले पाचौं पटक विश्वकप सहभागिता पक्का गरेको छ । गत संस्करणको विश्वकपमा लोभलाग्दो प्रदर्शन गरेको कोष्टा रिकाका गोलरक्षक केलर नाभास स्पेनिस जायन्ट रियल मडि्रडका नम्बर एक गोलरक्षक हुन् ।

उरुग्वे, इटली र इंग्ल्याण्ड सम्मिलित समूहको शीर्ष स्थानमा रहेर नकआउट चरणमा पुगेको कोष्टा रिका क्वार्टरफाइनलमा नेदरल्याण्ड्ससँग पेनाल्टीमा पराजित भएको थियो ।

कोष्टा रिकाले १९९० मा विश्वकपमा डेब्यू गर्दाका स्टार खेलाडी ओस्कार रामिरेज अहिले टिमका प्रशिक्षक छन् । उनले २०१५ यता टिम संहालेका हुन् ।

पानामा

पानामा रुस विश्वकपमा आइसल्याण्डपछिको दोस्रो नवआगन्तुक टोली हो । छनोट चरणको अन्तिम खेलमा कोष्टा रिकालाई हराउनु र अमेरिकाले ट्रिनिडाड एण्ड टोबाकोसँग पराजित भएपछि पानामाको भाग्य चम्किएको हो ।

एशिया

इरान

विश्वकपमा इरान छनोट भएको यो पाँचौं अवसर हो । तर उसले अहिलेसम्म एउटा मात्र खेल जितेको छ । त्यो हो १९९८ को फ्रान्स विश्वकपमा अमेरिकामाथिको जित ।

६ वर्षदेखि इरानको प्रशिक्षण गरिरहेका कार्लोस क्वेइरोजसँग त्यसअघि थुप्रै क्लवको प्रशिक्षण संहालेको अनुभव छ । उनले स्पोर्टिङ लिस्बोनबाट करिअर सुरु गरे र दक्षिण अफि्रका, रियल मडि्रड, एलेक्स फर्गुसनको असिस्टेन्टको रुपमा म्यान्चेस्टर युनाइटेडमा र पोर्चुगिज टोलीमा दुई पटक प्रशिक्षण गरेका छन् ।

जापान

१९९८ देखि विश्वकप खेल्न थालेको जापानले अहिलेसम्म दुई पटक दोस्रो चरणको यात्रा तय गरेको छ । २००२ मा दक्षिण कोरियासँग मिलेर आफैंले आयोजना गरेको प्रतियोगितामा जापान दोस्रो चरणमा पुगेको थियो ।
बोस्नियाली नागरिक भाहिद हालिल्होजिक अहिले जापानका प्रशिक्षक छन् । उनी तिनै प्रशिक्षक हुन् जसले अल्जेरियालाई अघिललो विश्वकपमा दोस्रो चरणमा पुर्‍याएका थिए । जुन, पहिलो पटक विश्वकपमा पुगेको त्यस मुलुकका लागि ऐतिहासिक उपलब्धी थियो ।

साउदी अरेविया

साउदी अरेवियाले अहिलेसम्म एउटा विश्वकपमा मात्र जित हासिल गरेको छ । १९९४ मा साउदीले पहिलो सहभागितामै समूह चरणका दुई खेल जितेर दोस्रो चरणमा स्थान बनाएको थियो ।

उनीहरुको दोस्रो जित बेल्जियमबिरुद्धको थियो । त्यस खेलमा फरवार्ड सइद अल वाइरानले गरेको गोल अहिलेसम्मकै उत्कृष्ट गोलमध्ये पर्छ । उनले मैदानका सेन्टरभन्दा टाढाबाट एक्लो प्रयासमा बेल्जियमका सबै डिफेण्डरलाई विट गर्दै गोल गरेका थिए ।

२०१० मा नेदरल्याण्ड्सलाई विश्वकपको फाइनलसम्म पुर्‍याएका डच प्रशिक्षक बर्ट भान मार्विज्क २०१५ यता साउदीका प्रशिक्षक छन् । उनले बोरुशिया डर्टमण्ड, फेयेनूर्ड र हृयामवर्गको पनि प्रशिक्षण गरिसकका छन् ।

दक्षिण कोरिया

विश्वकप सहभागिता र प्रदर्शनको हिसावमा दक्षिण कोरिया जत्तिको बलियो र सन्तुलित टोली अरु छैन । छनोट चरणमा उज्वेकिस्तानसँग गोलरहित बराबरी खेलेपछि दक्षिण कोरियाले १०औं पटक विश्वकपमा सहभागी हुने निश्चित भयो । रुस समेत गरी दक्षिण कोरियाको विश्वकपमा लगातार नवौं सहभागिता पनि निश्चित भयो ।

दक्षिण कोरियाका प्रशिक्षक शिन ताये योङलाई ‘एशियाका माउरिन्हो’ भनेर चिनिन्छ । तर, छनोट चरणमा भने उनको टोलीले निक्कै संघर्ष गर्नुपरेको थियो । ४८ वर्षीय योङले १२ वर्ष घरेलु के लिग खेलेका थिए । उनले २००५ मा फुटबलबाट सन्यास लिए ।

अफ्रिका

इजिप्ट

फिफा र्‍याङकिङमा इजिप्ट नेदरल्याण्ड्सभन्दा एक स्थान तल ३०औं स्थानमा छ । तर, इजिप्ट २०१० र २०१४ को विश्वकपमा छनोट हुन असफल भएको थियो । दुवैपटक उसले प्लेअफ पार गर्न सकेन । यसपटक भने गत शनिबार भएको कंगोबिरुद्धको खेलमा लिभरपुलका स्ट्राइकर मोहम्मद सलाहले इन्ज्यूरी समयमा गरेको नाटकीय गोलका कारण इजिप्टले रुस विश्वकपको टिकट काट्यो । इजिप्टको ठूलो उपलब्धी २०१० यता छैन । त्यतिबेला उसले अफि्रका कप अफ नेशन्स सातौं पटक जितेको थियो ।

भ्यालेन्सिया र इन्टर मिलानका पूर्व प्रशिक्षक अर्जेन्टाइन हेक्टर कूपर २०१५ यता इजिप्टको टिम प्रशिक्षणमा छन् । हालै सम्पन्न अफि्रका कप अफ नेशन्समा इजिप्टलाई फाइनलमा पुर्‍याएका कूपरको त्यो नै पहिलो ठूलो प्रतियोगिता थियो ।

नाइजेरिया

नाइजेरिया समग्रमा छैटौं र लगातार तेस्रो पटक विश्वकपका लागि छनौट भएको छ । नाइजेरियाले विश्वकपको अन्तिम १६ मा तीन पटक पुगेको छ । त्यो उसको विश्वकपमा सबैभन्दा ठूलो उपलब्धी हो । यो उपलब्धी उसले १९९४, १९९८ र २०१४ मा हासिल गरेको थियो ।

बीबीसीबाट अनुवादित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment