Comments Add Comment

वैदेशिक रोजगारीमा जानेले टिकाइदिएका छन् ९ जीवन बिमा कम्पनी

२५ असोज, काठमाडौं । नेपालमा सञ्चालित ९ जीवन बिमा कम्पनीहरु आफ्नो क्षमताले भन्दा सरकारी नीतिको बलमा टिकिरहेको पाइएको छ । सरकारले वैदेशिक रोजगारीमा जानेहरुका लागि अनिवार्य गरेको बिमालेखबाट यि कम्पनीहरुको व्यवसाय चलेको हो ।
गत आव २०७३/७४ मा यी बिमा कम्पनीहरुले १६ लाख १३ हजार बिमा गरेका छन् । यसमध्ये वैदेशीक रोजगारीमा जानेहरुले मात्रै ११ लाख ८५ हजार बिमा लेख खरिद गरेको देखिन्छ । यो कुल बिमा लेखको ७३।४५ प्रतिशत हो ।

बैदेशीक रोजगारीमा जानेहरुले अनिवार्य बिमा गर्नुपर्ने प्रावधान सरकारले तोकेको छ । उनीहरुले खरिद गर्ने भनेको साधारण म्यादी बिमा हो । यही कारण नै म्यादी बिमाको हिस्सा सबैभन्दा धेरै देखिएको छ ।

जीवन बिमा कम्पनीहरुले मुख्यतः तीन किसिमका जीवन बिमा लेख जारी गर्छन् । ती हुन्, सावधिक जीवन बिमालेख, म्यादी र आजिवन बिमा लेख ।

सावधिक जीवन बिमा गर्दा ग्राहकको परिवारले उसको मृत्युमा पनि बिमा रकम प्राप्त गर्दछ भने बाँचेमा बिमाको अवधिपछि रकम पाउनेछ । म्यादी जीवन बिमा गर्ने ग्राहकको मृत्यु भएमा उसको परिवारले मृत्यु भएमा बिमा रकम त प्राप्त गर्छ तर बिमा अवधिमा मूत्यु भएन भने रकम फिर्ता पाउदैन । आजीवन बिमा लेखका ग्राहकका परिवारले भने बिमा अवधि अघि वा अवधिपछि मूत्यू भएमा पनि बिमा रकम प्राप्त गर्छन् । नाम जे जे राखिएपनि यी तीन अवधारणामा आधारित भएर बिमा योजना (प्रडक्ट) हरु बन्छन् ।

‘बिमा कम्पनीहरु सरकारले अनिवार्य गरेको बिमाबाटै आफ्नो व्यवसाय चलाईरहेका छन् भन्दा फरक पर्दैन,’ बिमा विश्लेषक रविन्द्र घिमिरेले भने, ‘उनीहरुले अन्य जति व्यवसाय विस्तार गर्नुभएको छ, त्यो जवरजस्तिमा भएको छ । अभिकर्ताले आफ्नो परिवार लगायतको बिमा गरेर संख्या बढाउन सकेका छन् ।’

गत आवमा बिमा कम्पनीहरुले आफैले ग्राहकलाई आकर्षित गरेको कम देखिएको छ । सो अवधिमा जारी भएको कुल बिमालेखमा कम्पनीहरुले आफ्नै बलबुतामा मात्रै २६ प्रतिशत अर्थात ४ लाख २८ हजार बिमा लेख जारी गर्न सकेका छन् ।

तर बिमा कम्पनीहरु भने यसलाई त्यसरी बुझ्न नहुने बताउँछन् । ‘ संख्याको आधारमा हेर्दा त्यस्तो देखिएको हो, तर रकमको आधारमा हेर्ने हो भने त व्यवसायमा मुख्य हिस्सा अन्य बिमा लेखको नै छ,’ नेपाल लाइफ इन्स्योरेन्सका प्रमूख विवेक झा उल्लेख गर्छन् ।

हुनतः गत आवमा साधार म्यादी बिमाबाट कम्पनीहरुले २ अर्ब ८७ रुपैयाँ बराबर प्रथम बिमा शुल्क आर्जन गरेका छन् भने सबै कम्पनीहरुको सबै खाले लेखबाट प्रथम बिमा शुल्क आर्जन १२ अर्ब रहेको छ ।

यद्यपी अनिवार्य बाहेकका अन्य बिमा कम हुनुमा जागरुकताको अभाव, कर बलमा कम रकम (बिमांक) को बिमा गर्ने प्रवृति, बिमाको लागि बढि योग्य मानिने उमेरका युवाहरुको विदेश पलायन, बचतमा आधारित बिमा योजनाहरुको मात्र सञ्चालन समेत कारण रहेको झा बताउँछन् ।

व्यवसायको लागि साधारण म्यादी जीवन बीमामा सबैभन्दा धेरै निर्भरता अमेरिकन लाइफ ९मेट एलिको० इन्स्योरेन्सको रहेको छ । कम्पनीले गत आवमा ५ लाख ५३ हजारको संख्यामा यो बिमा लेख जारी गरेको छ । अनिवार्य गरिएको यो बिमा लेखमा एशियन लाइफको निर्भरता कम देखिएको छ । कम्पनीले गत वर्ष ८२ वटा मात्रै यो बिमा लेख जारी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment