Comments Add Comment

डोनाल्ड ट्रम्पको ‘आईक्यू लेभल’ कति ?

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्राय आफ्नो आईक्यू लेभल उच्च रहेको कुरा गर्छन् । हालै ट्रम्पले भनेका थिए उनको आईक्यू लेभल विदेशमन्त्री रेक्स टिलरसनभन्दा धेरै छ । यतिमात्रै होइन उनले टिलरसनलाई आईक्यू टेस्टका लागि चुनौति पनि दिएका थिए ।

यसअघि पनि ट्रम्पले कयौंपटक आफ्नो उच्च आईक्यू लेभलको बारेमा बोलेका छन् । सन् २०१३ मा ट्वीट गर्दै उनले आफ्नो आईक्यू लेभल बराक ओबामा र जर्ज डब्लु बुशको भन्दा पनि धेरै भएको दाबी गरेका थिए ।

यी सबै कुराको बाबजुद पनि आजसम्म डोनाल्ड ट्रम्पले आफ्नो आईक्यू लेभल कति छ भनेर बताएका छैनन् । उनको आईक्यू लेभल कति होला ? आउनुस् केही कुरा गराैं –

आईक्यू  लेभल के हो ?

आईक्यू जसलाई वौद्धिक क्षमता जाँच्ने एक प्रकारको आँकडा मानिन्छ, जसबाट यो कुरा पत्ता लगाइन्छ कि कुन व्यक्ति कति वुद्धिमान छ भनेर । आईक्यू लेभल जाँच्ने कुनै एक निश्चित परीक्षा छैन । दुनियाँकै सबैभन्दा ठूलो र पुरानो आईक्यू सोसाइटी ‘मेनसा’ले यसका लागि दुई सयभन्दा बढी परीक्षा लिन्छ । केही परीक्षा एक घण्टाको हुन्छ भने केहीको कुनै समयसीमा हुँदैन ।

अमेरिकी मेनसाका मनोवैज्ञानिक डाक्टर फ्रैंक लालिस भन्छन्- आमरुपमा आईक्यू टेस्टमा स्थान आधारित (Spatial), मात्रात्मक (Quantitative) र मौखिक कौशल जाँचिन्छ । स्थान आधारित कौशलमा आकार र माप सम्वन्धी प्रश्न, मात्रात्मक कौशलमा गणितका प्रश्न र मौखिक कौशल जाँच्नका लागि शव्दसँग सम्वन्धित प्रश्नहरु सोधिन्छ ।

मेनसा तिनै व्यक्तिको नतिजालाई स्वीकार गर्दछ जो शीर्ष दुई प्रतिशत अंक पाउँछन् । बढीमा यो आईक्यूको स्कोर १३० सम्म बन्दछ ।

को बन्यो सबैभन्दा बुद्धिमान राष्ट्रपति ?

भर्जिनिया विश्वविद्यालयका प्रेसिडेन्सियल स्टडीजका निर्देशक डाक्टर बारबरा ए पैरीका अनुसार उनले अहिलेसम्म राष्ट्रपतिहरुको आईक्यू लेभलको सूची बनाएकी छैनन् । यद्यपी उनी राष्ट्रपतिहरुको आईक्यू लेभलको सूची बनाउनका लागि उनको विश्वविद्यालयबाट ‘फी बेटा काप्पा‘को सूची लिन सकिने बताउँछिन् ।

फी बेटा काप्पाको शुरुआत १७७६ मा भएको थियो । पूरै अमेरिकाको २८६ टप कलेजहरुबाट लिबरल आर्टस् र विज्ञान विषयमा ग्राजुएट होनहार विद्यार्थीहरुलाई यो सम्मान दिने गरिन्छ ।

अमेरिकाको ४४ औं राष्ट्रपतिहरुमध्ये १७ राष्ट्रपति फी बेटा काप्पाको सदस्य छन् । जसमा बिल क्लिन्टन, जर्ज डब्लु बुश र जिमी कार्टर छन् ।

यसबाहेक सन् २००६ मा क्यालिफोर्निया विश्वविद्यालयले अनुमान गरेको थियो कि जोन क्विन्की एडम्स सबैभन्दा बुद्धिमान राष्ट्रपति हुन् ।

ट्रम्पको आईक्यू लेभलको स्थान कहाँ ?

डाक्टर पैरी भन्छिन्, ‘मलाई लाग्छ राष्ट्रपति ट्रम्प यदि आफ्नो आईक्यू लेभलको स्कोर जारी गरेमा शायद अनुमान गरेको भन्दा पनि बढी निस्किन्छ ।’

उनी अघि भन्छिन्, ‘मानिसहरु प्राय ट्रम्पलाई बेवकुफ र पागल भन्छन्, तर म बाजी लगाउन सक्छु की उनको आईक्यू लेभल हामीले अनुमान गरेको भन्दा पनि धेरै हुनेछ ।’

प्रिन्सटन विश्वविद्यालयमा पोलिटिक्स एमेरिटस प्रोफेसर फ्रेड आई ग्रीनस्टीनले राष्ट्रपतिहरुको क्षमता जाँच्नका लागि ६ गुणहरुको सूची बनाएका छन् । यो सूचीमा जनतासँगको मिलजुल, संगठन बनाउने क्षमता, राजनीतिक कौशल, दूर दृष्टि, संज्ञानात्मक शैली र भावनात्मक बुद्धिमत्ता सामेल छ ।

डाक्टर पैरी भन्छिन्, ‘ट्रम्प भावनात्मक बुद्धिमत्ता, संज्ञानात्मक शैली, दूर दृष्टि र संगठन बनाउने क्षमतामा अलि पछि छन् । तर उनी जनतासँग मिलजुल र आफ्नो राजनीतिक कौशलको क्षमता हेर्दा बुद्धिमान राष्ट्रपतिको दौड जित्छन् जस्तो देखिन्छ ।’

अन्तमा प्रश्न उठ्छ कि राष्ट्रति ट्रम्पको आईक्यू लेभल माथि छ कि तल ? यो प्रश्नको जवाफमा डाक्टर लालिस भन्छन्, ‘यदि हामी कसैलाई आइन्सटाइन जस्तो सम्झिन्छौं तर कयौं पटक उ मेनसाको परीक्षणमा राम्रो नतिजा दिन सक्दैनन् ।’

जेहोस् छिट्टै आम मानिसहरुलाई ट्रम्पको वास्तविक आईक्यू लेभल पत्ता लागोस् भनेर मेनसाले डोनाल्ड ट्रम्प र अमेरिकी  विदेशमन्त्री रेक्स टिलरसन दुबैलाई आईक्यू लभेल जाँच गर्न निम्तो दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment