बिहीबार, २ कार्तिक, २०७४
OnlineKhabar.com

विवादले रोकियो चिकित्सा शिक्षा विधेयक

अनलाइनखबर

२६ असोज, काठमाडौं । विधेयकको प्रस्तावनादेखि सम्बन्धनको प्रक्रियासम्म राजनीतिक दलबीच विवाद भएपछि चिकित्सा शिक्षा विधेयक संसद्मै रोकिएको छ । संसदीय समितिले तयार पारेको प्रतिवेदनमा अनशनरत डा. गोविन्द केसीले असन्तुष्टि जनाएपछि विधेयक अगाडि बढ्न नसकेको हो ।

डा. केसीको मागअनुसार विधेयक परिमार्जनमा राजनीतिक दलबीच विवाद छ । नेपाली काँंग्रेसले विधेयकको प्रस्तावना र कलेज सम्बन्धनलाई डा. केसीको मागअनुसार अगाडि बढाउन समितिको प्रतिवेदन संशोधनको पक्षमा उभिएको छ । नेकपा (एमाले) भने समितिले पारित गरेको प्रतिवेदनका आधारमा विधेयक पारित गर्ने पक्षमा छ ।

दलीय विवादका कारण पछिल्ला बैठकहरूमा नियमित रूपमा विधेयक सम्भावित कार्यसूचीबाट हट्दै आएको छ । सम्भावित कार्यसूचीमा प्रकाशित भएपछि नियमित रूपमा विधेयक हट्ने गरेको हो । बुधबार पनि विधेयक पारित गर्ने सम्भावित कार्यसूची संसद् सचिवालयले प्रकाशित गरे पनि अन्तिम समयमा हटाइएको हो ।

संसद् सचिवालयका प्रवक्ता भरतराज गौतमले प्रतिवेदनसहितको विधेयक समितिले संसद्मा प्रस्तुत गरे पनि पारित भई नसकेको बताए । गौतमले भने, ‘समितिले प्रतिवेदन प्रस्तुत गरेको अवस्था छ तर, विधेयक पारितको प्रक्रिया अघि बढेको छैन ।’ समितिले प्रतिवेदन तयार पारी दसैँअघि नै संसद्मा प्रस्तुत गरेको थियो । तर, विवादका कारण विधेयक पारित हुन सकेको छैन । आजको गोरखापत्र दैनिकमा खबर छ ।

२०७४ असोज २६ गते ६:३९ मा प्रकाशित

सम्बन्धित शीर्षकहरु

अनलाइनखबर सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

मुख्य खबरहरु

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

Also you may like this