शुक्रबार, ३ कार्तिक, २०७४
OnlineKhabar.com

न्यायपरिषद् सदस्यलाई थाहै नदिई ८० न्यायाधीश नियुक्त गरेको खुलासा

अनलाइनखबर

२६ असोज, काठमाडौं । उच्च अदालतमा ८० जना न्यायाधीश नियुक्ति प्रक्रियामा वैधानिकताको प्रश्न उठिरहेका बेला न्यायपरिषद्कै दुई सदस्यले आफूलाई थाहा नदिई निर्णय लिएको भनाइ सर्वोच्च अदालतसमक्ष राखेका छन् ।

न्यायाधीश नियुक्ति निर्णय उल्ट्याउनुपर्ने माग राखेर दायर रिटको पक्षमा बल पुग्नेगरी उनीहरुबाट सर्वोच्चमा लिखित जवाफ पेश भएको हो ।

तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्की नेतृत्वको न्यायपरिषदले बहुमतका आधारमा उच्च अदालतका ८० न्यायाधीश नियुक्तिका लागि सिफारिस गरेपछि निर्णय प्रक्रियालाई लिएर संवैधानिक एवं कानुनी प्रश्न उठ्दै आएको छ ।

नेपाल वार एसोसिएसनबाट परिषद्मा नियुक्त सदस्य रामप्रसाद सिटौला र अर्का सदस्य सर्वोच्चका तत्कालीन वरिष्ठ न्यायाधीश वैद्यनाथ उपाध्यायले परिषद् बैठकका विषयमा आफूलार्य जानकारी नदिई न्यायाधीश सिफारिस गरिएको दाबी गरेका हुन् । आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

२०७४ असोज २६ गते ६:०५ मा प्रकाशित

सम्बन्धित शीर्षकहरु

अनलाइनखबर सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

मुख्य खबरहरु

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

Also you may like this