Comments Add Comment

आर्थिक समाचार: सरकारको ४० करोड स्वाहा

२६ असोज, काठमाडौं । सुर्ती बिरुद्ध अभियानमा उपलब्धि न्युन सन्दर्भमा अन्नपूर्ण दैनिकले सरकारको ४० करोड स्वाहालाई मुख्य समाचार बनाएको छ । दसैंमा ४४ अर्ब रेमिटेन्स भन्ने खबर अन्नपूर्णमा छापिएको छ । मेडिसिटी अस्पताल उद्घाटन सन्दर्भमा एसियाकै उत्कृष्ट बनाउने दाबीलाई पनि अन्नपूर्णले लेखेको छ ।

वैदेशिक रोजगारीका लागि विभिन्न मुलुक जाने युवाको संख्या अपेक्षित वृद्धि हुन नसके पनि यस क्षेत्रमा ठगीको उजुरी गर्ने पीडितको संख्या र दाबी रकम भने बढ्दै गइरहेको छ । पछिल्लो २ वर्षमा मात्र वैदेशिक रोजगारीका क्षेत्रमा भएको लेनदेनको क्रममा १ अर्ब ४५ करोड भन्दा बढी दाबीसहितको उजुरी परेको छ । यसरी परेको उजुरीको कारबाहीका क्रममा २६ करोड ४० लाख ९५ हजार रुपैया बिगो भराइएको छ ।

कारोबार दैनिकले २ वर्षमा डेढ अर्ब ठगीको उजुरीलाई कारोबार दैनिकले मुख्य समाचार बनाएको छ । १८ देशवाट लगानी प्रतिवद्धता भन्ने खबर कारोबार दैनिकमा छापिएको छ ।

भारतीय रेल्वेले नेपालको ढुवानी रोक्योलाई नागरिक दैनिकले मुख्य समाचार बनाएकोछ । गौतमबुद्ध विमानस्थलमा तीन समितिको चासोलाई पनि नागरिकले लेखेको छ । बुद्धले पोखराबाट अन्तराष्ट्रिय उडान गर्ने भन्ने खबर नागरिक दैनिकमा छापिएको छ ।

गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल निर्माण सन्दर्भमा सम्झौता सकिन ८ महिना बाँकी हुँदा ३० प्रतिशत कार्यप्रगतिलाई नयाँ पत्रिका दैनिकले मुख्य समाचार बनाएको छ । भारतीय प्रधानमन्त्रीको भ्रमण स्थगनले अरुण तेस्रोको शिलान्यास अनिश्चितलाई पनि नयाँ पत्रिकाले लेखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment