Comments Add Comment

युवाहरुलाई विदेशिनबाट जोगाउ, स्वदेशमै रोगारी दिलाऊ

नेपालमा वर्षेनी करीव ६/७ लाख युवायुवती अर्को देशमा कमाउनको लागि जाने गर्दछन । आफ्नो देशमा राजनैतिक  दलहरुको किचलो, सोचे जस्तो राम्रो काम नपाएर, परिवारिक जिम्मेवारी,मिहेनत अनुसार परिश्रमिक नहुनाले युवाहरू बैदेशिक रोजगारीतर्फ आकर्षित हुँदै गएका छन् । कतिपय डीग्री गरेका युवायुवती नै विद्यार्थी भिषामा विदेश लाग्ने गरेका छन् ।

बिदेशिएका युवाहरू मध्ये ७० प्रतिशत तराईवासी खाडी मुलुक लगायत मलेसियामा खटिएका छन्  भने बाँकी युवाहरु युरोप, अमेरिका, अष्ट्रेलियातिर गएका छन्  ।

७५ प्रतिशत माध्यमिक शिक्षा भन्दा कम पढ़ेलेखेका हुन्छन् भने ६३ प्रतिशत अदक्ष,१४ प्रतिशत अर्धदक्ष,१२ प्रतिशत प्राविधिक तालिम हासिल गरेका र एक प्रतिशत उच्च दक्षता प्राप्त गरेका युवायुवतीहरू बिदेश जाने गरेका छन् । यस्तो अवस्थामा नेपाल आइपुग्नु भनेको बिडम्बना नै हो र अहिले तपाई हामी नेपालका गाउँसहरमा गयौ भने त्यहाँ युवाहरु पाउनै गाह्रो भैसकेको सजिलै अनुमान लगाउन सकिन्छ । गाउँघरमा पढेलेखेका युवाहरु नभएको कारणले विदेशबाट पठाएको रकमको समेत सही सदुपयोग हुन सकिरहेको छैन र हाम्रो देश रेमिटान्स (विप्रेषण)को भरमा चलेको सजिलै हामी अनुमान लगाउन सक्छौ । यो  अवस्था अत्यन्त  चिन्ता जनक हो ।

हाम्रा युवाहरू सक्षम भएता पनि बिदेशमा आफ्नो कला,साहस प्रदर्शन गर्न नसक्नाले क्षमता विपरीत कार्य गर्नुमा बाध्य भएका छन्।फलस्वरूप रोजगारमा आत्म सन्तुष्टि पाएका छैनन्।

यदी चौतर्फी रूप सबैको युवाहरूलाई स्वरोजगार व्यवस्थापन गर्न गराउनतर्फ ध्यान पुगेन भने निकट भविष्यमा नै  समाजिक, आर्थिक  द्वन्द उत्पन्न हुनुको साथै विभिन्न विकृति विसंगतीहरु जन्मन्छन र राष्ट्र नै पूर्णतः परनिर्भर हुन पुग्दछ । यस बिषयमा चेतनामूलक कार्यक्रम ल्याउनुको साथै राष्ट्रियस्तरमा ब्यापक रूपले बहस हुन जरूरी छ।

युवाहरूलाई स्थानीय स्रोत साधनमा आधारित रहेर ग्रामीण उद्योग तथा ग्रामीण रोजगारको ब्यवस्थापन गर्नु  उनीहरूको योग्यताको अधारमा रोजगारी सृजना गर्नु वाहेक अरु कुनै बिकल्प छैन। युवाहरू बिदेशिदै जाँदा हाम्रो अर्थतन्त्र संकटमा पर्न सक्ने संकेत भइरहेको छ ।

हालै अर्थमन्त्रालयको तथ्यांक अनुसार गत वर्ष ब्यापार घाटा ९ खर्ब ९ अरब रुपैयाँ पुगेको छ। हाम्रा छिमेकी मुकुकहरूले हामी भन्दा पछि स्वतन्त्र भएता पनि हाम्रो देशको अर्थतन्त्र भन्दा सयौँ गुणा ठूलो स्तम्भ कोरी विश्वमा नै अर्थ धनी देशमा आइरहेका छन् ।

रोजगार, व्यापार जस्ता बिषयमा वर्षैपिच्छे नयाँनयाँ नाराहरू कार्यक्रमहरू सार्वजनिक भएता पनि उपलब्धी  भने न्यून रहेको छ । नेपालमा स्वरोजगार ब्यवस्थापन गर्न, राष्ट्रियस्तरदेखि नै व्यवहारिकरूपले ब्यापक आह्वान गर्नुपर्छ । जनताहरुलाई ग्रामीण स्तरमा उद्योगहरू सन्चालन गर्न सहजता प्रदान गर्नु पर्छ । जनतालाई ग्रामीणस्तरमा उद्योगहरू सन्चालन गर्न इजाजत प्रदान गर्नुका साथै सीपमुलक तालिमहरू दिने माहौल बनाउनु पर्छ ।

स्थानीय स्रोतहरूलाई उपयोग गर्न युवाहरुले पहिचान गर्नु पर्छ । विदेशिनेहरूलाई सीपमुकल ब्यवसायिक तालिम दिनु पर्छ । जनतालाई आत्मनिर्भर, स्वावलम्बी बनाउनको लागि स्वयम जनताहरुले लगानी गर्न सक्नु पर्छ ।

राम्रो जनचेतना जगायौ भने खासगरी विद्यार्थी भिषामा आउने युवायुवतीहरुको पैसाले स्थानीय स्तरमै राम्रो उद्योग सन्चालन गर्न सकिन्छ ।

नेपालमा  लगानीकर्ताहरूको कमी छ । गाउँघरमा चार/पाँच लाख लगानी गर्नु कुनै ठूलो कुरा होइन । लगानी गरेर नै सामूहिक औद्योगिक रोजगारको सृजना हुन्छ। बिकसित मुलुक हरुमा ठूलो लगानी गर्न सक्नेहरुको संख्या बढ़ी हुनाले नै उनीहरुको आर्थिक स्थितिमा सुधार आएको छ । हामी उनीहरूको ग्राहक बन्न विवश भएका छौं ।

त्यसकारण नेपालका राजनीतिक दलहरुले युवाहरुलाई राजनीतिका कुरा सिकाउनुको साटो विकासको कुरा सिकाउनु र राज्यले उनीहरुला्ई प्रोत्साहान गर्दै गयो भने हाम्रो सुन्दर देश विकास हुन बेर लाग्ने छैन । किनकी युवाहरु अरुको भूमिमा आएर उनीहरुको देशलार्इ विकास गरेका छन् भने आफ्नो देश किन बनाउन सक्दैनन् ? अवस्य सक्छन र त्यसका लागि नेपालमा राजनीतिक खिचातानी  , सबै भन्दा पहिला बन्द गर्न जरुरी छ । साथै युवाहरुलार्इ स्थानीय स्तरमै सहज पूर्बक ब्यवसाय गर्नका लागि सहज वातावारण सृजना गर्न जरुरी छ ।

युरोपबाट

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment