Comments Add Comment

पवनको ‘फ्लाइ’ सार्वजनिक


गायक पवन थिङको आवाजमा समावेश एल्बम ‘फ्लाइ’को बुधबार बिमोचन गरिएको छ । संगीतकर्मी प्रमेध्वज प्रधान, गायक राजु लामासहितका व्यक्तिले एल्बमको बिमोचन गरेका छन् ।

शास्त्रिय संगीतमा स्नातक गरेका गायक थिङले एल्बममा ५ गीत समावेश गरिएको बताए । एल्बमका गीतमा सुसन लामाको शब्द तथा संगीत सुन्न सकिन्छ । गीतमा पूर्वेली लोक शैलीलाइ अपनाइएको छ ।

कार्यक्रममा विमोचित एल्बममा समावेश ‘सिमा पारी’ गीतको म्यूजिक भिडियो पनि सार्वजनिक गरिएको थियो । पासाङ योञ्जनले भिडियोको निर्देशन गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment