Comments Add Comment

२ सय ३१ सरकारी मुद्दामा एउटै साक्षी !

सरकारवादी मुद्दामा साक्षी बस्न मानिसहरु खासै रुची देखाउँदैनन् किनकि अदालतमा बयान, बकपत्र दिन धाइरहनु पर्दछ । तर भारतको छत्तिसगढको राजधानी रायपुरको तेलिबान्धा इलाकामा चिया पसल गर्ने एक चायवाललाई भने सरकारी साक्षी बन्न बानी परेको छ ।

मनोज वल्र्यानीले गन्न भ्याएका छैनन् कि रायपुरका विभिन्न अदालतमा चलेका कतिवटा सरकारवादी मुद्दामा उनी सरकारी साक्षीको रुपमा रहेका छन् । अहिले पनि कम्तिमा सवा सय मुद्दामा आफु गवाहको रुपमा रहेको उनको अनुमान छ ।

तर तथ्यांक अनुसार रायपुरका अदालतहरुमा कम्तिमा २ सय ३१ वटा मुद्दामा मनोहर महत्त्वपूर्ण सरकारी साक्षीको रुपमा रहेका छन् । जसमा लागूऔषधका घटनादेखि सडक दुर्घटना, हत्या र बलात्कारजस्ता मुद्दासमेत रहेका छन् ।

हरेक मुद्दामा साक्षी कसरी ?

गत महिना पुलिसले रायपुरको अग्रसेन इलाकामा चार किलो गाँजासहित दुईजना मानिस पक्राउ गर्यो । उनै मनोहरको अगाडि नै प्रहरीले गाँजा बरामद गरेको थियो र सो मुद्दामा मनोहर साक्षी नहुने कुरै भएन ।

गत महिना नै रायपुरको भिआइपी चोमा पुलिसले पेस्तोल र गोलीसहित एक युवकलाई गिरफ्तार गर्यो । सो मुद्दामा समेत मनोहरलाई नै सरकारी साक्षी बनाइएको छ ।

रायपुरको तेलिबान्धा पुलिस चौकीको ठीक पछाडि मनोहरको चिया समोसा पसल छ । निकै व्यस्त यो इलाकामा उनले पछिल्लो १० वर्षदेखि व्यापार गर्दै आएका छन् । पुलिस चौकीमा समेत उनकै चिया समोसा खपत हुन्छ । व्यस्त सडक हुनाले त्यहाँ दुर्घटनाका घटना पनि बढि हुन्छन् र घटनास्थलमा रहेका उनलाई पुलिसले चिनजानको आधारमा समेत प्रत्यक्षदर्शीको रुपमा साक्षीको रुपमा राख्दछ । उनी भन्छन्- आसपासमा कहीँ लडाइँ झगडा भयो र म अगाडि नै छु भने त्यस घटनालाई मैले कसरी नजरअन्दाज गर्न सक्दछु ?

उनले यसो भनेपनि कतिपय वकिलले भने यसरी एउटै व्यक्रिलाई धेरै मुद्दामा साक्षी बनाउनु कानूनको उपहास भएको जिकिर गर्दछन् । यस्तो बनाबटी तथा पेशेवर साक्षीका कारण कहिलेकाहीँ कोहिँ निर्दोष मानिस महिनौँ वा वर्षौँसम्म जेलमा सड्नुपर्ने र कहिलेकाहीँ अपारधी समेत उम्किने खतरा रहने वकिलको तर्क छ ।

बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment