Comments Add Comment

विश्वभर अचानक किन बन्द भयो फेसबुक र इन्स्टाग्राम ?

सोसल नेटवर्किङ साइट फेसबुक बुधबार विश्वभर नै केही छिनका लागि बन्द भयो । फेसबुक ठप्प हुँदा न त प्रयोगकर्ताले फोटो अपलोड गर्न पाए, न त कुनै स्टाटस अपडेट गर्न ।

फेसबुकको मोबाइल र डेस्कटप दुबै भर्सन डाउन भएको थियो । फेसबुक मात्र होइन फोटो शेयरिङ एप इन्स्टाग्राम पनि बन्द भयो । यद्यपि केही समयपछि नै फेसबुक र इन्स्टाग्राम दुबै पूर्ववत अवस्थामा आए र मानिसहरुले चलाउन पाए ।

फेसबुक डाउन हुँदा कतिपय प्रयोगकर्ताको पेज नै अपलोड भएको थिएन भने कतिपयले आफ्ना अकाउन्ट लगइन गर्न पाइरहेका थिएनन् । फेसबुक लगइन गर्न खोज्दा ‘आवश्यक मर्मतका लागि फेसबुक डाउन भएको र केही मिनेटमै पहिलेको अवस्थामा आउने र चलाउन सकिने’ भन्ने सन्देश देखियो ।

फेसबुक डाउन भएपछि ट्विटरमा फेसबुकको समाचार भाइरल बन्यो । फेसबुक डाउन भएको कुरा यतिधेरै ट्विट भयो कि #facebookdown ह्यासट्याग टप ट्रेण्डमा पर्न सफल भयो ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment