Comments Add Comment

बेष्ट फाइनान्सले सिनर्जी फाइनान्स खरिद गर्ने, ७६ करोडको कम्पनी बन्ने


२६ असोज, काठमाडौं । जनरल फाइनान्सको नाम परिवर्तन भएर बनेको बेष्ट फाइनान्सले सिनर्जी फाइनान्सलाई एक्वायर (खरिद) गर्ने भएको छ ।

हालै समस्याग्रस्तबाट मुक्त घोषणा भएर बेष्ट फाइनान्स र सिनर्जी फाइनान्सबीच सेयर स्वाप रेसियो समान हुनेगरि एक्वायर हुन लागेको बेष्टका एक सञ्चालकले बताए ।

सिनर्जीमा पुराना सञ्चालहकहरुबीच मतभेद सँगै कतिपयले संस्था छाडेपछि बेष्टसँग एक्विजिशनमा जान लागेको स्रोतले बतायो । हाल १ बराबर १.२५ अनुपातमा हकप्रद जारी गरिरहेको बेष्ट फाइनान्सको यससँगै पूँजी २९ करोड ७५ लाख रुपैयाँ पुग्ने भएको छ । कम्पनीले गत आवमा २ लाख ८६ हजार रुपैयाँ नाफा कमाएको थियो ।

कम्पनीमा हाल राजेन्द्र कुमार शर्मा, सोनाम तप्के गुरुङ, रोविन्द प्रसाद श्रेष्ठ, बेरीबेला मानन्धर, विपिन तिमिला मुख्य लगानीकर्ताको रुपमा रहेका छन् । कम्पनीको कुल कर्जामा खराब कर्जाको अनुपात ८५ रहेको छ । कम्पनी २०७३ मंसिरबाट समस्याग्रस्त सूचीबाट हटेको थियो ।

यता, सिनर्जीको चुक्ता पूँजी हाल ४७ करोड रहेको छ । एक्वायरपछि बन्ने कम्पनीको पूँजी लगभग ७६ करोड हुने भएको छ । सिनर्जीको सञ्चिती हाल ५ करोड २४ लाख रुपैयाँले ऋणात्मक रहेको छ । कम्पनीको कुल कर्जामा खराब कर्जाको अनुपात १९.५५ प्रतिशत रहेको छ । कम्पनीलाई राष्ट्र बैंकले २०७२ भदौंबाट शीघ्र सुधारात्मक कारवाहीबाट फुकुवा गरेको थियो ।

१ सय ४५ रुपैयाँ सेयर मूल्य रहेको कम्पनीको एक्विजिशनको कारण नेप्सेले कारोबार रोक्का गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment