Comments Add Comment

डाबर रेड जेल अब नेपाली बजारमा


२६ असोज, काठमाडौं । डाबर नेपालले डाबर रेड जेल नेपाली बजारमा लिएर आएको छ ।

डाबर रेड जेलले उपभोक्ताहरुलाई ताजा सास मात्र नभई दाँतको सुरक्षा पनि प्रदान गर्दछ । आयुर्वेदिक तत्वहरू जस्तै ल्वाङ, पुदिना, मरिचको समिश्रण रहेको डाबर रेड जेलले ताजापनका साथै दाँतलाई सुरक्षित राख्छ ।

डाबर नेपालका माकेर्टिङ हेड अभय गोर्खालीले भने, “डाबर रेड जेल यस्तो आयुर्वेदिक जेल हो जसले आयुर्वेदको फाइदा आधुनिक रूपमा उपभोक्ताहरूलाई प्रदान गर्छ, । ताजा सास मात्र नभई दाँतको सुरक्षा पनि प्रभावकारी रूपले प्रदान गर्ने प्रतिवद्धताका साथै डाबर रेड जेल नेपाली बजारमा लिएर आएका छाैं ।”

यो उत्पादन हाल ३ साइजमा उपलब्ध छ । यसको १५० ग्रामको प्याकलाई १००, ८० ग्रामलाई ६० तथा २५ ग्रामलाई २४ रुपैयाँमा उपलब्ध छन् ।

दैनिक रुपमा प्रयोग हुने सामग्रीहरु बजारमा ल्याएर डाबर नेपाल हरेक नेपाली उपभोक्ताका लागि विश्वसनीयताको प्रतीक बनेको कम्पनी बताउँछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment