Comments Add Comment

हङकङको पिचमा अपेक्षाभन्दा धेरै घाँसः पारस खड्का

२६ असोज, काठमाडौं । विश्व क्रिकेट लिग च्याम्पियनसिपमा नेपालले भोलि हङकङविरुद्ध खेल्दैछ ।

तर, नेपाली राष्ट्रिय क्रिकेट टोलीले अहिलेसम्म हङकङविरुद्ध उसकै घरेलु मैदानमा खेलेको छैन । पारस खड्का र शरद भेषावकरले सन् २००५ मा उमेर समूहमा खेलेका थिए भने सन्दिप लामिछानेले पछिल्लो पटक टी-२० लिग खेलेका छन् ।

नेपाल र हङकङको खेल यो खेल क्वोङ रोड रिक्रिएसन मैदानमा हुनेछ । यो मैदान केही सानो छ ।

साथै पिचमा घाँस छ । ‘हामीले भिडियोहरु मात्र हेरेको हो । यहाँ पहिलो पटक खेल्न आएका छौं’ बिहीबारको अभ्यासपछि कप्तान पारस खड्काले भने, ‘अलिकति घाँस हुन्छ भन्ने थियो । तर, अपेक्षा गरे भन्दा धेरै नै घाँस छ ।’

नेपाली टोलीका प्रशिक्षक र कप्तान दुबैले घाँस भएपनि विकेट टर्न भएको बताएका छन् ।

यद्यपि विश्व क्रिकेट लिग खेल्ने टोलीले जुन सुकै परिस्थितिमा खेल्न सक्नु पर्ने उनले बताए । उनले भने, ‘हामी यो लेभलमा खेल्न सक्छौं भन्ने प्रमाणित गर्न हाम्रा लागि अवसर छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment