Comments Add Comment

धनगढी एयरपोर्टमा एक्सरे मेशिन


२६, कैलाली, असोज । धनगढी विमानस्थलमा लामो समयदेखि थन्किएर रहेको अत्याधुनिक एक्सरे मेशिनको जडान गरिएको छ ।

कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले उक्त एक्सरे मेशिनको प्रारम्भ गर्नु भएको छ ।

सात नम्बर प्रदेशको हवाई प्रदेशद्वारको रुपमा रहेको धनगढी विमानस्थलमा एक्सरे मेशिन जडान भएपछि यात्रुहरुको झोला खानतलासीको अन्त्य भएको छ ।

दैनिक ६ वटा उडान हुन थालेपछि व्यस्थ रहेको विमास्थलमा यात्रुहरुको लगेज एक्सरे मेशिनले चेकजाँच गर्न थालेपछि चाप केहि कम हुने विश्वास लिएको धनगढी विमानस्थलका प्रमुख छवि ठकुल्लाले बताए ।

हाल धनगढी विमास्थलबाट दैनिक काठमाण्डौ-धनगढी-काठमाण्डौ नेपाल एयरलाईन्सको १, बुद्ध एयरको २, श्री एयरको २ र सोर्य एयरको १ उडान हुने गरेको विमानस्थलले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment