Comments Add Comment

प्युठानमा ‘एक घर, एक वाईसीएल’ अभियान सुरु

२६ असोज, प्युठान । प्युठानमा ‘एक घर, एक वाईसीएल, एक रोजगार’ अभियान शुरु भएको छ । अभियान अन्तर्गत बुधबार नौबहिनी गाउँपालिकाको प्रथम सम्मेलन गरिएको छ ।

सम्मेलनले बलबहादुर के.सी. ईन्चार्ज र मानबहादुर के.सी. अध्यक्ष रहेको ३५ सदस्यीय वाईसीएल नौबहिनी गाउँपालिका समिति गठन गरेको छ । जसको उपाध्यक्षमा पूर्ण राना, दल बहादुर खड्का, दिलमाया सुनार छन् । सचिवमा प्रभात वि.क., सहसचिवमा छविलाल बुढामगर र कोषाध्यक्षमा भुपाल सिंह बि.क. चयन भएका छन् ।

‘एक घर, एक वाईसीएल, एक रोजगार’ भन्ने नारासहित देशभर संगठन विस्तार अभियान थालेका छौं,’ वाईसीएल नेपालका केन्द्रीय सदस्य मुकेश थापाले भने, ‘प्यूठानमा पनि वाईसीएल जगाउने अभियान शुरु भएको छ ।’

देशभरका स्थानीय तहका वडाहरुमा कात्तिक ११ गते वाईसीएल कमिटीको वडा भेला गर्ने निर्देशन दिँदै थापाले स्थानीय तहमा स्थानीय उत्पादनलाई प्राथमिकतामा युवालाई रोजगार बनाउनु पर्ने बताए ।

‘संविधानमा वेरोजगार भत्ता दिइने उल्लेख भए पनि कार्यान्वयन हुन सकेको छैन,’ थापाले भने, ‘समृद्ध नेपालको लागि प्रत्येक युवालाई वाईसीएलमा गोलवन्द गरी उत्पादनमा जोड्न वाईसीएल ब्यूँताइएको छ ।’

तत्कालीन विद्रोही माओवादी शान्ति प्रक्रियामा आउँदा वाईसीएल जुझारु संगठन भएपनि पछि निष्कृय जस्तै भएको थियो । पछिल्लो राष्ट्रिय सम्मेलनबाट अध्यक्षमा रामप्रसाद सापकोटा ‘दिपशिखा’ चुनिएपछि वाईसीएललाई पुनः सक्रिय बनाउने प्रयास शुरु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment