शनिबार, १ पुष, २०७४
OnlineKhabar.com

ठूलो मात्रामा गाजा खेती नष्ट

अनलाइनखबर

२६ असोज, काठमाडौं । महानगरीय प्रहरी वृत्त थानकोटले भारी मात्रामा गाजा खेति नष्ट गरेको छ ।

महानगरीय प्रहरी वृत्त थानकोटका प्रहरी निरीक्षक बाबुराम पोखरेलको नेतृत्वमा गएको टोलले सय विगाह बढी क्षेत्रफलको गाजा नष्ट गरेको हो ।

राजधानीको चन्दागिरि-४ पानीघाटस्थित सार्वजनिक तथा व्यत्तिगत जग्गामा रहेको गाजा नस्ट गरिएको महानगरीय प्रहरी वृत्तका प्रहरी निरीक्षक पोखरेलले जानकारी दिए ।

करीव तीन टन गाजा नष्ट गरिएको प्रहरीले जनाएको छ । प्रहरीले पछिलो समय लागुऔषध नियन्त्रणमा विशेष अप्रेशन सञ्चालन गर्दै आइरहेको छ ।

प्रहरीले गाजा भएका स्थानमा विशेष अप्रेशन सञ्चालन गरी कारवाही अगाडि बढाउने जनाएको छ ।

गाजा खेती गर्ने र घर अगाडि पाईयमा कारभाही गरिने चेतावनी समेत दिएको निरिक्षक पोखरेलले जानकारी दिए ।

२०७४ असोज २६ गते १५:३९ मा प्रकाशित

सम्बन्धित शीर्षकहरु

अनलाइनखबर सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

मुख्य खबरहरु

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

Also you may like this