शुक्रबार, ३ कार्तिक, २०७४
OnlineKhabar.com

सीमा रक्षक देवनारायण यादव एमालेमा प्रवेश

अनलाइनखबर

२६ असोज, काठमाडौं । सप्तरीको तिलाठीका सीमा रक्षक देवनारायण यादव नेकपा एमालेमा प्रवेश गरेका छन् ।

उनी एमाले संसदीय दलको कार्यालयमा अध्यक्ष केपी शर्मा ओलीको हातबाट टीका लगाएर पार्टी प्रवेश गरेका हुन् ।

सप्तरीको तिलाठी कोइलाडीस्थित नेपाल-भारत सीमा क्षेत्रमा भारतले अनधिकृत रुपमा निर्माण गरेका भौतिक संरचना र बाँध भत्काउने अभियानको नेतृत्व यादवले गरेका थिए । त्यसक्रममा भारतीय सीमा सुरक्षा बल र अतिक्रमणकारीले उनीमाथि सांघातिक आक्रमण गरेका थिए ।

त्यसपछि राष्ट्रिय चर्चामा आएका यादवलाई गत साता भारतीय प्रहरीले पक्राउ गरेको थियो । भारतीय प्रहरीले पक्राउ गरेका छोरालाई छुटाउन गएका उनलाई पनि हिरासतमा लिएर अपहरण मुद्दा चलाइएको थियो । तर, साधारण तारेखमा उनी छुटेका छन् ।

कांग्रेसबाट ०५४ मा क्षेत्रीय सदस्य बनेका यादव कांग्रेसका जिल्ला कार्यसमिति सदस्य थिए ।

उनले एमालेले लिएको राष्ट्रियताको अडान र आफ्नो अभियानबीच मेल खाएकाले पार्टी प्रवेश गरेको बताए । उनलाई एमालेले आसन्न निर्वाचनमा उम्मेदवार बनाउने भएको छ ।

२०७४ असोज २६ गते १८:५४ मा प्रकाशित

सम्बन्धित शीर्षकहरु

अनलाइनखबर सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

मुख्य खबरहरु

३ प्रतिकृयाहरू प्राप्त
  • रामलखन साह​ लेख्नुहुन्छ    |   २०७४ असोज २६ गते १६:०७

    सफलताको शुभकामना देव नारायणजी लाई ।

    7
    1
    Share

  • raj लेख्नुहुन्छ    |   २०७४ असोज २६ गते १६:५३

    UML IS THE BEST FOR NEPAL

    9
    3
    Share

  • Narendra Gm लेख्नुहुन्छ    |   २०७४ असोज २६ गते १९:१४

    This is good decision I very like for sefty our country Nepal

    9
    2
    Share

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

Also you may like this