Comments Add Comment

इजीलिंक रेमिट्यान्स र कैलाश विकासबीच रेमिट्यान्स भुक्तानी सम्झौता

२६ असोज, काठमाडौं । इजीलिंक रेमिट्यान्स प्रा.लि. र कैलाश विकास बैंक लिमिटेड बीच रेमिट्यान्स भुक्तानी सम्बन्धि सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा इजीलिंक रेमिट्यान्सको तर्फबाट प्रबन्ध निर्देशक दिपेन्द्र खनाल र अपरेशन प्रमुख सालीक राम दाहाल तथा कैलाश विकास बैंकको तर्फबाट प्रमुख कार्य संचालन अधिकृत बिमल कुमार तिमिल्सिना र अधिकृत कृष्ण प्रसाद पौडेलले हस्ताक्षर गरे ।

यो सम्झौतापछि अब विश्वका विभिन्न देशहरुबाट साथै देशभरि जुनसुकै स्थानहरुबाट इजीलिंक मार्फत पठाएको रकम कैलाशका देशभरी रहेका ३८ शाखाहरुबाट सजिलै भुक्तानी लिन र सिधै आफ्नो खातामा जम्मा गर्न सकिने भएको छ । सम्झौतापछि इजीलिंक रेमिट्यान्स मार्फत विदेश तथा स्वदेश बाट पठाएको पैसालाई छिटो, छरितो तरिकाले सेवाग्राहीसम्म पु–याउन यो सम्झौताले थप सहज बनाउने इजीलिंकका प्रबन्ध निर्देशक दिपेन्द्र खनालले बताए ।

नेपाल राष्ट्र बैंकबाट पहिलो इजाजत प्राप्त गरेको इजीलिंक रेमिट्यान्सले विगत १९ बर्षदेखी विश्वका विभिन्न मलुकहरुबाट नेपालमा रेमिट्यान्स भित्रयाउँदै आइरहेको छ । कम्पनीले आन्तरिक विप्रेषण सेवा पनि शुरु गरेको छ । आफ्ना सेवाग्राहीलाई थप सहज र सुलभ बनाउँदै लैजान देशभरका विभिन्न बैंक तथा वित्तिय संस्थाहरुका साथै नीजि कम्पनीहरुसंग पनि रेमिट्यान्स भुक्तानी सम्झौतालाइ तीव्र पारेको छ । यो सम्झौतासंगै विश्वका विभिन्न मुलकबाट इजीलिंक रेमिट्यान्स मार्फत पठाएको रकम अब कम्पनीको ४ हजारभन्दा बढी एजेन्ट, सब–एजेन्ट तथा सम्झौता भएका विभिन्न बैंक तथा वित्तीय संस्थाहरुबाट भुक्तानी लिन सकिने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment