Comments Add Comment

झापाको दुर्गापुरमा करेन्ट लागेर एक जनाको मृत्यु

२६ असोज, झापा । झापामा बिहीबार करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कनकाई नगरपालिका-३, दुर्गापुर निवासी ५६ वर्षीय कौशिला कोइराला छन् ।

उनलाई बिहान घरमा खाना पकाउने क्रममा हिटरबाट अचानक करेन्ट लाग्दा घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय, बिर्तामोडले जनाएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment